‘चाडलाई भाइरस संक्रमण फैलने माध्यम नबनाऔं’

राजनीति

nanda bahadur pun

काठमाडौं ।  बडादशै २०७७ को उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ले स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले विश्वव्यापी महामारीको सामना गर्नु परिरहेको परिस्थितिमा बडा दशै भित्रीसकेकाले राष्ट्रको समुन्नती, समृद्धिका साथै नेपालीमा सुख, शान्ति, सु–स्वास्थ्य समृद्धि एवम् उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् ।

प्रेस विज्ञप्ती मार्फत शुमकामना व्यक्त गर्दे उपराष्ट्रपति पुनले बहुजातीय, बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक र भौगोलिक विविधताले भरिपूर्ण देश भाषा, धर्म, संस्कार–संस्कृतिमा धनी रहेको बताएका छन् । सबैखाले चाडपर्व मध्ये बडा दशैंले आपसी सद्भाव, सहिष्णुता, भाईचारा र बलियो एकताको अभिवृद्धि हुँदै जाने विस्वास व्यक्त गरे ।

कोरोना संक्रमण मृत्युदर बढीरहेकोमा चिन्ता व्यक्त गर्दै उहाँले वर्ष दिनमा आइपुगेको महान् चाडलाई कोरोना भाइरस संक्रमण थप फैलने माध्यम बन्न नदिन र चाड मनाउँदा स्वास्थ्य सुरक्षामा अधिक ध्यान दिदै आ—आफ्नो ठाउँमा रहेर दशै मनाइ सुरक्षित रहन अनुरोध गरेका छन्।

त्यसैगरी, उपराष्ट्रपति पुनले दशैंका बेलामा पनि कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा खटिएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी सम्मान व्यक्त गर्नुभएको छ भने अस्पतालको शय्या तथा आइसोलेसनमा रहेका संक्रमितको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।

कोरोना भाइरस रोकथाम, नियन्त्रण तथा उपचारका लागि तीनै तहका सरकारले निरन्तर प्रयास गरिरहे पनि स्वास्थ्य अवस्था गम्भीर बनेका कतिपय संक्रमितले उपचार अभाव भोग्नु परिरहेको खबरले दुख लागेको भन्दै उनले भाइरस रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सबै तहका सरकारको ध्यानाकर्षण गराउने विचार व्यक्त गरे । साथै, सबै तहका सरकार र आमनागरिकको प्रयासले यो महामारी नियन्त्रणमा आउने र आगामी वर्षको दशै उल्लासमय रहने दाबी समेत गरेका छन् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार