राजस्थानले मुम्बईलाई ८ विकेटले हरायो

खेलकूद

Ben Stokes and Sanju Samson

एजेन्सी । आईपीएल क्रिकेटमा बेन स्टोक्सको शतक र सन्जु सामसनको अर्धशतक मद्दतमा राजस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई आठ विकेटले हराएको छ ।

मुम्बई इन्डियन्सले दिएको १९६ रनको विजय लक्ष्य राजस्थानले १० बल बाँकी छँदै पूरा गर्यो । बेन स्टोक्सले नटआउट १०७ र सामसनले नटआउट ५४ रन बनाए । यी दुवैले तेस्रो विकेटका लागि १३.४ ओभरमा १५२ रनको साझेदारी गरे । स्टोक्स म्यान अफ द म्याच भए ।

बलिङतर्फ मुम्बईका लागि जेम्स प्याटिन्सले दुई विकेट लिए ।

दुबईमा जारी आईपीएलको १३ औं संस्करणमा राजस्थानको यो पाँचौ जित हो । यो जितसँगै राजस्थान छैटौं स्थानमा उक्लिएको छ ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै १९५ रन बनाएको थियो । मुम्बईका लागि हार्दिक पाण्ड्याले केबल २१ बलमा नटआउट ६० रन बनाएका थिए । उनले ७ छक्का र २ चौका प्रहार गरे ।

यसैगरी सूर्यकुमार यादवले ४०, इशान किसनले ३७ र सौरभ तिवारीले ३४ रन बनाए ।

बलिङतर्फ राजस्थानका जोफ्रा आर्चर र श्रेयस गोपालले २–२ विकेट लिए ।

अंकित राजपुत महँगा बलर साबित भए । उनले चार ओभरमा ६० रन दिए । यस्तै कार्तिक त्यागीले ४५ रन खर्च गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार