लागुऔषधसहित दुई जना पक्राउ

समाचार

pakrau

सिरहा । जिल्लामा हतियार र लागुऔषधसहित दुई जना युवक पक्राउमा परेका छन् । बिहीबार कटुवा पेस्तोल र प्रतिबन्धित लागु औषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय बन्दीपुर सिरहाबाट खटिएको प्रहरी टोलीले कर्जन्हा नगरपालिका २ बन्दीपुरबजारबाट स्थानीय २२ वर्षीय डिम्पल यादव र २२ वर्षीय प्रेमनाथ यादवलाई पक्राउ गरेको हो ।

डिम्पलको साथबाट कटुवा पेस्तोल एक थान, त्यसमा प्रयोग हुने एक थान गोली र नाईट्रोभेट ट्याब्लेट छ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरिक्षक शालिग्राम पौडेलले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार