३ हजार ५१७ कोरोना संक्रमित थपिँदा ४ हजार ९६ जना डिस्चार्ज

ब्यानर

covnh

काठमाडौं । पछिल्लो २४ घन्टामा नेपालमा ३ हजार ५१७ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ९८९ जनाको परीक्षण गर्दा ३ हजार ५१७ जनामा संक्रमण पुष्टि भएको हो।

मन्त्रालयका अनुसार २४ घन्टा ४ हजार ९६ जना कोरोनाबाट निको भएका छन् भने १६ जनाले ज्यान गुमाएका छन्।

हालसम्म देशभर १ लाख ६८ हजार २३५ जनामा कोरोना संक्रमण देखिएको छ भने १ लाख २८ हजार ९ सय ५८ जना निको भएका छन्।

अहिलेसम्म कोरोनाबाट ९ सय २० जनाले ज्यान गुमाइ सकेका छन्।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार