कारको ठक्करबाट एकको मृत्यु

समाचार

kill sub sab hatya death

चितवन । खैरहनी नगरपालिकामा कारको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । खैरहनी–१ ज्यामिरेस्थित पूर्वपश्चिम राजमार्गमा कारको ठक्करबाट खैरहनी–२ बस्ने ५० वर्षीया वुद्धिमाया दराईको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता सूर्यबहादुर थापाका अनुसार पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको बा १२ च ३१७७ नम्बरको कारले बाटो काट्दै गरेकी दराईलाई ठक्कर दिएको थियो । गम्भीर घाइते भएकी उनको उपचारको क्रममा साँझ ५ बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार