२४ घण्टामा ७,४७३ संक्रमितको मृत्यु

समाचार

corona

काठमाडौं । विश्वमा पछिल्लो २४ घण्टामा सात हजारभन्दा बढी कोरोना भाइरस संक्रमितको मृत्यु भएको छ । एक दिनको अवधिमा विश्वभरमा सात हजार चार सय ७३ जना संक्रमितको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा संयुक्त राज्य अमेरिकामा मात्र नौ सय ७१ जनाको मृत्यु भएको छ । भारतमा २४ घण्टामा पाँच सय ५० र ब्राजिलमा पाँच सय २९ जना संक्रमितको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म सबैभन्दा धेरै अमेरिकामा दुई लाख ३५ हजार एक सय ४२ जनाको मृत्यु भएको छ । ब्राजिलमा हालसम्म एक लाख ५९ हजार पाँच सय ६२ जना संक्रमितको मृत्यु भएको छ । भारतमा एक लाख २१ हजार ६ सय ८१ संक्रमितको मृत्यु भइसकेको छ ।

योसँगै विश्वमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ११ लाख ९३ हजार दुई सय मानिसको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा विश्वभर कोरोना भाइरसबाट पाँच लाख ७१ हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार