थप २३ जना संक्रमितको निधन

ब्यानर

Death from corona 1

काठमाडौं । कोरोना सक्रमणबाट पछिल्लो २४ घण्टामा थप २३ जनाको निधन भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हालसम्म नौ सय ६० जनाको संक्रमणबाट निधन भएको जनाएको छ ।

मन्त्रालयका अनुसार आइतबार देशभर थप २८ सय २४ जना संक्रमित थपिएको र ३६ सय २० जना निको भएका छन् । त्यसैगरी संक्रमितमध्ये दुई सय ८३ जनाको आइसियू र ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार