बच्चा जन्माई जंगलमा फाल्ने दुई जना पक्राउ

समाचार

pakrauu

नवलपुर । जिल्लामा अबैध रुपमा बच्चा जन्माई जंगलमा फाल्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा हुप्सेकोट गाउँपालिका वडा नं। ४ शंखदेवकी ३९ बर्षीया महिला पुनीसरा गाहा र सोही ठाउँका ४२ बर्षका टकबहादुर घर्ती मगर रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी एवं प्रहरी निरीक्षक विशाल तामाङले बताए ।

दुबै जनालाई जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । गर्भमै ९ महिना अवधि पुगेजस्तो देखिने छोरा जातको नवजात शिशुको शव जंगलमा फेला परेसँगै प्रहरीले अनुसन्धानका क्रममा उनीहरुलाई पक्राउ गरेको हो ।

गत कार्तिक ४ गते नवलपुरको हुप्सेकोट गाउँपालिका वडा नं। ४ को चुवा खोल्सा नजिक नाभी समेत नकाटिएको अवस्थाको साल–नाल सहितको नवजात शिशुको शव प्रहरीले फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार