कोरोना संक्रमणले मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

ब्यानर

helth mantralya

काठमाडौं । गएको २४ घण्टामा थप २० जनाको मृत्यु भएपछि नेपालमा कोरोनाका कारण मृत्यु हुने व्यक्तिको संख्या एक हजार नाघेको छ। मंगलवारसम्मको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या १ हजार ४ रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांक छ।

मंंगलवार थप ३ हजार ११४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ भने थप ३ हजार १४२ जना संक्रमणमुक्त भएका छन्। अहिलेसम्म संक्रमित १ लाख ७९ हजार ६१४ मध्ये जनामा संक्रिय संक्रमण छ। कुल १ लाख ४१ हजार १३४ जना संक्रमणमुक्त भएका छन् ।

गएको २४ घण्टामा ११ हजार १६६ पीसीआर परीक्षण गरिएको थियो। सोमवार २ हजार ९३३ संक्रमित र २४ जनाको मृत्यु पुष्टि भएको थियो।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार