भारतीय सेनाध्यक्ष नरवणे काठमाडौंमा

ब्यानर

Pic 1 1604479131

काठमाडौं भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय वायु सेनाको विमानमार्फत उनी तीन दिने नेपाल भ्रमणका लागि बुधबार दिउँसो १२ बजे काठमाडौं आइपुगेका नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए ।

नरवणेको भ्रमण टोली दुई वटा विमानमा काठमाडौं आएको विमानस्थल स्रोतले बताएको छ ।

यस्तो छ नरवणेको कार्यतालिका

बिहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गर्ने कार्यक्रम छ । नेपाल भ्रमणका क्रममा उनले प्रधानसेनापति पूर्णचन्द्र थापासँग भेटघाट गर्ने कार्यक्रम छ ।

शुक्रबार उनले प्रधानमन्त्री एवं रक्षामन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको नेपाली सेनाले जनाएको छ ।

भारतीय सेना प्रमुखको भ्रमणलाई लिएर काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको छ ।

नेपाल–भारत सीमा विवाद चर्किएको बेला लिम्पियाधुरासहितको नेपालको नक्सालाई लिएर नरवणेले नेपाल अरु कसैको इशारामा चलेको भन्दै विवादास्पद टिप्पणी गरेका थिए ।

नेपाल भ्रमणमा आउनुअघि भारतीय समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै नरवणेले आफ्नो नेपाल भ्रमणले दुई देशबीचको सैन्य सम्बन्ध थप बलियो बनाउने दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार