भीम रावलले भने–दलहरुको आन्तरिक विवादमा राष्ट्रपतिको चासो गलत

ब्यानर

bhim rawal 1

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक राजनीतिमा राष्ट्रपतिको प्रवेश गलत रहेको नेता भीम रावलले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीसमेत रहेका पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालबीच विवाद चलिरहँदा राष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा उपाध्यक्ष वामदेव गौतमलाई भेटेकी थिइन् ।

ओलीलाई सहयोग गर्न गौतमलाई आग्रह गरेको समाचार आएका बेला रावलले राष्ट्रपतिको कदमविरुद्ध टिप्पणी गरेका हुन् । ‘नेकपाको आन्तरिक राजनीतिक समस्यामा कुनै एक पक्षलाई साथ दिदै राष्ट्रपति सक्रिय रहनुभएको समाचार आइरहेको छ,’ रावलले भनेका छन्, ‘यदि यस्तो गरिएको हो भने यो राष्ट्रपति पदको मर्यादा र गरिमाको उल्लङ्घन, स्थापित प्रणालीको अवज्ञा र नेकपाको संस्थागत सञ्चालनको मार्गमा अवरोध सिर्जना गर्ने गलत काम ठहरिने छ ।’

नेकपाभित्र विवाद चर्किदै गएपछि दोस्रो तहका नेताहरु पनि सक्रिय हुन थालेका छन् । सचिवालयले गत साउनमा गठन गरेको विवाद समाधानको सुझाव कार्यदलका सदस्यहरूले अध्यक्षद्वयलाई भेट गरेर उनीहरू विवाद साम्य पार्न सुझाव र दबाब दिने तयारीमा जुटेका छन् ।

गत साउनमा नेकपाले गठन गरेको कार्यदलको प्रतिवेदनकै आधारमा २६ भदौमा स्थायी समितिले नेकपाको विवाद टुंगो लगाएको थियो । आगामी दिनमा विवाद नगर्ने भनेर दुई अध्यक्षले २६ भदौलाई ‘कट अफ डे’को रूपमा पनि व्याख्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार