नेपालमा कोरोना ः थप २१ सयमा संक्रमण १७ को मृत्यु

ब्यानर

helth mantralya

काठमाडौं । नेपालमा विगत २४ घण्टामा २ हजार १०३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि र १७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

सो अवधिमा देशभरि ९ हजार ८०५ जनाको परीक्षण गर्दा त्यति संख्यामा संक्रमित फेला परेका हुन्। केही महिनादेखि जाँचिएका नमुनामा ठूलो दरमा संक्रमण देखिएको छ। यसप्रति जनस्वास्थ्यविद्‌हरूले चिन्ता व्यक्त गरेका छन् ।

तर पर्याप्त संख्यामा परीक्षण नभएको र लक्षणविहीन व्यक्तिहरूले हतपत परीक्षण गराउन चासो नदेखाउने भएकाले संक्रमितको संख्या धेरै हुनसक्ने उनीहरूको भनाइ छ। काठमाडौं उपत्यकामा सर्वाधिक परीक्षण गरिने र संक्रमित फेला पर्ने क्रम अहिले क्रम जारी छ।

यो वृद्धिसँगै नेपालमा पुष्टि भएका संक्रमितको कुल संख्या दुई लाख १५ हजार नाघेको छ। अहिले पुष्टि भएका २८ हजार १०६ जना सक्रिय संक्रमित छन्।

सरकारको तथ्यांकअनुसार बिहीवारसम्म नेपालमा १ हजार २७६ जनाको कोभिड(१९ सँग सम्बन्धित कारणले मृत्यु भएको छ। मन्त्रालयले बिहीवार दिउसो प्रकाशित गरेको विवरणमा २४ घण्टाको अवधिमा थप २ हजार ८५८ जना संक्रमणमुक्त भएका छन् ।

अहिलेसम्म कुल एक लाख ८५ हजार ६३८ जना निको भएको सरकारी तथ्यांक छ। संक्रमितहरू निको हुने दर ८६ प्रतिशत पुगेको छ। गत कार्तिक ५ गते सर्वाधिक ५ हजार ७४३ जना संक्रमित फेला परेका थिए।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार