उद्योग वाणिज्य महासंघको साधारणसभा विवादमा

अर्थ/बाणिज्य

udyog banijya

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी साधारणसभा रोक्न माग गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमा निवेदन दर्ता गरिएको छ । उद्योग वाणिज्य महासंघ प्रदेश २ का अध्यक्ष शिवशंकर शाहले निर्वाचन गैरकानुनी भएको भन्दै स्थगन गर्न माग गर्दै प्रशासनमा निवेदन दर्ता गराएका छन् ।

उनले राष्ट्रिय निर्देशन ऐन २०१८ अन्तर्गत दर्ता भएको संस्थामा पदावधि सकिएका पदाधिकारी स्वतः अवैधानिक हुने र उनीहरूले गर्ने कुनै पनि निर्णय वैधानिक नहुने भन्दै आगामी निर्वाचनसमेत अवैधानिक जनाएका छन् । उक्त ऐनमार्फत दर्ता भएको संस्थामा प्रतिनिधिहरूको पदावधि सकिएपछि निर्वाचन हुने बेलासम्म तदर्थ समिति गठन गर्न उनले सरकारको ध्यानाकर्षण गराएका छन् ।

उनले निवेदनमा सदस्यहरूको सदस्यता नवीकरण नगरिएको, प्रदेश र जिल्लाको निर्वाचन नगरिएको लगायत पनि लगाएका छन् । उनले कुन जिल्लाको निर्वाचन नगरिएको भन्ने उल्लेख गरिएका छैनन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार