काठमाडौंमा थपिए ९५७ जनामा कोरोना संक्रमण पुष्टि

ब्यानर

ktm 2

काठमाडौं । बितेको २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९५७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । संक्रमितमा ४१५ महिला र ५४२ पुरुष रहेका छन् ।

यस्तै बितेको २४ घण्टामा देशभर भने १६६९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । जसमा महिला ६५५ र पुरुष १०१४ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आइतबारको प्रेस ब्रिफिङमा थप १६ जनाको मृत्यु भएको समेत जानकारी दिए । यस्तै ५ हजार ६९९ जना निको भएको उनले जानकारी दिए ।

यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २० हजार ३०८ पुगेको छ भने निको हुनेको संख्या १ लाख ९९ हजार २४ जना रहँदा सक्रिय संक्रमित २० हजार १६६ जना रहेका छन् । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १३२१ पुगेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार