न्याय र पहिचानका लागि जातिवादी हुनु नराम्रो होइन

हिन्दूत्व बँचाउने र फैलाउने ठूलो जिम्मेवारीको भार कन्दनी र जनैका डोराले मात्र थाम्दैन !
बिचार

bhakta ghimire

केही मान्छेहरु मलाई भन्ने गर्छन्, “तिमी साह्रै जातीय कुरा गर्छौ ।” होस म जातीय कुरा गर्छु । तर, कुन अर्थ र उद्देश्यमा म त्यसो गर्छु भन्ने प्रश्नको उत्तरले यसको महत्व निर्धारण गर्दछ । मलाई के लाग्छ भने जबसम्म जातीय कुरा सामाजिक सहस्तित्व र अस्मिता रक्षाको, साझा पहिचानको उद्देश्यसीमाभित्र केन्द्रित रहन्छ, त्यो भलो कुरा हुन्छ । तर, जब जात भनेकै के हो-नबुझ्ने मान्छेहरुले यसको अतिरञ्जित अभ्यास गर्न थाल्दछन्, तब यो जहर बनेर समाजमा संक्रमित हुन थाल्छ ।

न्याय र पहिचानको लागि जातिवादी हुनु नराम्रो कुरो होइन । केही मान्छेहरु, ‘यो वाहियात हो, जात चाहिँदैन’ पनि भन्छन् । यो खोक्रो आदर्श हो । वास्तवमा ‘मलाई जात चाहिँदैन’ भन्नेहरुले पनि आफ्नो नभएर अरुको चाहिं चाहिँदैन भनेका हुन् ! आफ्नो विश्वास परम्परा र सांस्कृतिक चेतनाको लोभ जसलाई पनि लाग्छ ।

विभिन्न सांस्कृतिक चेतनाका सगोलहरु मिलेर समुदाय, समाज हुँदै राष्ट्रियताको निर्माण हुन्छ । विश्वमा अहिले देखिएका देशहरु नबन्दै मानिसहरूले अहिले भन्ने गरेको जात तय भइसकेको थियो । प्राचीनकालमा नेपाल, भारत, बेलायत, अमेरिका भन्ने देशहरु थिएनन् । ती ठाउँहरु मात्र थिए । विभिन्न ठाउँमा बसाईं सर्दै हिँड्ने क्रममा आफ्नो सुरक्षाका लागि मानिसहरुले झुण्ड बनाउन थाले । यसरी बनेका पृथक समूह, विश्वास परम्परालाई नै मानिसहरुले जात भन्नथाले ।

यसरी प्राकृतिक परिघटनाहरुबाट बनेको मानसिक स्थितिलाई नबुझ्नेहरूले आदर्शको गफ चुट्नु गतिलो कुरा होइन । जन्मँदा आमा(बाबुको जैवीक गुणसँग सम्बन्धित भएर मानिस आउँदछ । जीवनको प्रारम्भिककालमा त्यही गुण अनुसार उसले कर्म गर्दछ । तर, छिप्पिएर आफ्नै अध्ययन र बुझाइमा उसले संसारको विश्लेषण गर्नथालेपछि उसका गुणकर्महरु स्वतः परिवर्तन हुन्छन् । जब मानिसले यो सारा ब्रह्माण्ड अथवा कम्तिमा यो पृथ्वीलाई एउटा घर, सम्पूर्ण मानव जातिलाई एउटा परिवार ठान्न थाल्छ, त्यो पुरुषलाई शास्त्रहरुले पनि अलौकिक ज्ञानी महापुरुष भनेका छन् । यस अर्थमा जब केही मानिसहरु इतिहासका शासकहरुले भूगोलमा तोकिदिएका सिमानाका रेखाचित्रलाई नै ‘माता’, ‘जननी’ भन्छन् तिनलाई अर्धचेत मान्नुपर्ने हुन्छ । यस्तो एकलकाँटे विचारधारा अतिरञ्जित बहुलट्ठीपन मात्र हो । यो सम्पूर्ण धरालाई जीवनको स्रोत मान्नु त गलत कुरा थिएन । तर, आफ्नी जन्मदिने आमालाई लैंगिक दासताको चङ्गुलमा खिलेर (सती प्रथा, विधवा प्रथा, वंश विस्तार र थर-गोत्रबाट च्यूत गर्ने आदि परम्परामा बाँधेर) भूगोलका राजनीतिक सिमानामा कुँजिएका घेराहरुलाई माता, जननी भन्दै तिलस्मी भावनाको रंगमा होली खेल्नु कुन बुद्धमानी हो ?

1

कुरो जता तन्काए पनि तात्पर्यको समष्टिमा सबै मानिसलाई ‘जात’ चाहिन्छ । र, त्यो चाहिने जात हो मानवता ! तर, अर्धचेतहरुले पारिवारिक वंशका हाँगाहरुलाई जात भनेर बितण्डा खडा गरेका छन् । जात भनेकै के हो, यो कसरी निर्माण हुन्छ भनेर नबुझेका मान्छेहरुले यस कुरामा धेरै लिँडेढिप्पी गर्दछन् । मानिसले पारिवारिक वंश र निजी विश्वास परम्परालाई जात भन्न थालेदेखि नै राजाको छोरो राजा, ब्राह्मणको पुत्र ब्राह्मण बनाउन थालिएको हो । उहिले राजा र ब्राह्मण भनेका योग्यता अनुसारका पेशा र कर्मका विशेषण थिए । सामान्य अर्थमा यी पेशा(कर्महरु सामाजिक दायित्वका लागि वहन गरिने पदभार थिए ! पछि गएर राजधर्म र ब्राह्मणकर्मलाई अलौकिक पारिवारिक सत्ता वा दैविक गुणका रुपमा व्याख्या गरिनाले नै हाम्रो आस्थाको संसार ध्वस्त हुँदै गएको हो ।

केही मान्छेहरु मसित जातको चर्चा चल्दा गाई र सुँगुर एक नभएजस्तै मान्छेका जातहरु पनि बेग्लै हुन् भनेर ढिप्पी गर्छन् । मलाई त्यसो भन्ने वर्तमान जीवनका सहयात्रीहरुको नाम म यहाँनेर उल्लेख गर्न चाहन्न । यद्यपि, विषयको चर्चा सर्वग्राह्य हुन्छ । शास्त्रीय प्रसंगमा पनि यस्ता थुप्रै कुरा लेखिएका छन् । वास्तवमा क्षेत्रीय सांस्कृतिक परम्परा र निजी विश्वासहरुलाई जातीयता मान्नेहरुले असमानता, विभेद र अन्यायलाई जातीयताको आधार ठान्दै आएका छन् । यस्ता मान्छेहरु विभिन्नतामा एकता नखोजेर एकताभित्र विभिन्नता खोज्ने गर्दछन् । पारिवारिक वंशसत्तालाई जात ठान्नेहरुका लागि समानता भनेको ‘विदेशी विचारधारा’ हो । उनीहरुको तथाकथित सांस्कृतिक गौरवगाथा माथिको ‘हमला’ हो ! तर, यथार्थमा उनीहरुको यो अभियोग सिमाना मिचिएको कुरा उठाउँदा भारतले नेपाललाई ‘चीनको उक्साहटमा बहुलाएको’ अभियोग लगाएजस्तै हो !

जातीयताभित्र समानताको चेतनाविरुद्ध एकजना भारतीय बुद्धिजीवि दिनदयाल उपाध्याय लेख्छन्, “एक हातका पाँच औंला पनि बराबर छैनन् । त्यसो हुनाले समानताको कुरा बेकार छ ।” तर, हातका औंलामा आकारको मात्र भिन्नता छ, तिनको महतामा भिन्नता छैन भन्ने कुरातिर उनको बौद्धिकता पुगेको छैन । के कोही मान्छेले हातका लामा, राम्रा औंलाहरु मात्र राखेर बटारिएका, बांगा( छोटा औंलाहरु काट्न सक्छ ? सबैको विषय र वस्तुको महत्व त्यसको औचित्यमा आधारित रहन्छ । उपाध्यायको कथनबाट द्रोणचार्यको कलुषित स्वार्थका लागि एकलव्यको सबैभन्दा छोटो औंलो नै महत्वपूर्ण ठहरिएको थियो भन्ने कुरा उनले सोचेकै थिएनन् भन्ने लाग्दछ !

माथिल्लो अनुच्छेदमा गाईको प्रंसग उठिहाल्यो । यस विषयमा पनि अलिकति चर्चा चलाइहालौं न त ! गाई समूलमा एक प्रजातिको पशु हो । यसभित्र पनि विभिन्न उपजाति हुन्छन् । जस्तैः शास्त्रीय हिसाबमा नंदा, सुनंदा, सुरभी, सुशीला, सुमन नामका छुट्टाछुट्टै रंगरूपमा गाईहरु थिए । आजभोलिको व्यावहारिक नेपाली चलनमा पनि लोकल, पहाडी, मधेसी, जर्सी, मिथुन, चौंरी आदि नाम र पहिचानका गाईहरु छन् । यसरी नै भारतमा साहीवाल, गिर, लाल सिंधी, मालवी, देवनी, लाल कंधारी, राठी, नागौरी, खिल्लारी, वेचुर, थारपरकर, अंगोल, काकरेज आदि गाईका प्रजाति छन् । मान्छे भनेको पनि यस्तै हो ।

विभिन्न रंग(रुप छन् तर, समग्रमा गाई एकजाति भएजस्तै मान्छे पनि एकजाति हो । वास्तवमा प्राकृतिकरूपमा प्रजनन नहुने प्राणीका बीचमा मात्र नश्ल वा जाति छुट्याउन सम्भव छ । जस्तै भैंसी र गाई बीच प्रजनन् हुँदैन । कुकुर, बिरालो, बँदेल, बाघ आदि यस्ता विजातीयबीच प्रजनन् हुँदैन र छुट्टै जातिमा गनिन्छन् । तर, मान्छे सेतो र कालो छाला, सामान्य आचरण, खानपान, परिधान र आफ्नै विश्वासको लिँडेढिपीलाई जातीयता मान्छ । आफूलाई ठूलो र अरु कसैलाई सानो, निम्छरो, अशुद्ध, अपवित्र मान्छ । मान्नमा मात्र कुनै आपत्ति थिएन, यदि त्यो मान्यता उसको निजी थियो भने ! तर, उसले त्यो मान्यताको जिम्मा ईश्वरलाई लगाइदिन्छ १ आफ्नो अपवित्र सोचको कालो मोसो पोतेर ‘विशाल ब्रह्माण्डको धनी ईश्वर’लाई नै अपवित्र बनाइदिन्छ १ मान्छेमध्येका केही मान्छेहरु आफूलाई मात्र भगवानका आफन्त र छिमेकी सम्झिन्छन् अनि अरुलाई परचक्री गाउँका, अर्कै धाराको पानी खाने, कुलो र सिमानामा झगडा गर्ने सँधेरी जस्तो ठान्छन् । आपत्तिचाहिं यस्ता कुरामा हो ।

वास्तवमा अहिलेको समाजले बुझ्ने जातीयता शुद्धताको घमण्डमात्र हो । अरुभन्दा म गजब, शुद्ध, पवित्र भन्ने अहंले नै मान्छेलाई एक्लो बनाउँदै लगेको हो । शुद्ध हुनलाई अरुभन्दा टाढा रहनुपर्छ, अरुले भन्दा बेग्लै लाउने, बेग्लै खाने हुनुपर्छ । अथवा अरुसित समावेश हुनेबित्तिकै त्यो अशुद्ध भइदिन्छ । अनि यही शुद्धता, पवित्रता र वीरताको दम्भले मानिसलाई निरंकुश बनाउँछ । दमनकारी, हत्यारा बनाउँछ । उसको लागि संकटमा चाहिने व्यक्ति पनि सर्दो पर्नेबित्तिकै त्यागिन्छ । त्यही भएर युद्धमा, राजनीतिमा, राजकाजमा समाजका मूल्यमान्यता पालन नगरे हुन्छ, जति छलकपट गरे पनि हुन्छ भनेर छुट प्रदान गरिएको छ ।

म त पवित्र ब्राह्मण भइहालें । पेशा र वंशले परमगति दिएकै छ, समाजमा उत्तम दर्जा पाइएकै छ । अरु ज(जसले जस्तो कर्म गरे मलाई प्रारब्ध लाग्दैन भनेर ढुक्क बसियो भने सत्मार्गको यात्रामा पनि रोकावट पैदा हुन्छ । म आफू त कर्तव्यनिष्ठ छु तर, अरुलाई कर्तव्यपरायण बनाउन खोज्यो भने रिसाउला, टूट्ला, विरुद्ध होला भनेर चुप लागियो भने घरभित्रै सुरक्षित बसिरहनेलाई पनि पत्तैबिना अहिले कोरोना संक्रमण भएजस्तै हुनसक्छ । हीनता, पशुता वा अहंकार राखेर कुनै कर्म गरेमा त्यसको फल जन्म जन्मान्तर भोग्नुपर्ने शास्त्रहरुको बयान छ ।

नाभुक्तं क्षीयते कर्म जन्मकोटिशतैरपि।

अवश्यमेव भौक्तव्यं कुतं कर्म शुभाशुभम्।। श्रीमद्भगवद्गीता (रामसुखदास अध्याय १८, पृ। १२८९स ब्रह्मवैवर्तपुराणस गरुणपुराण

यसर्थ, जन्मवंशको आधारमा सबैखाले यश यही जन्ममा भोगिसक्ने हो भने पुनर्जन्मको लागि केही बाँकी नरहन सक्छ । समाजमा अहिलेसम्म विभिन्न वहानामा विभेद र घृणाको वर्चस्व धानेर आउनेहरुले अब इतिहासमा आफूले गरेको दोहनप्रति क्षमायाचना गरौं । मानवीय मूल्यका लागि सबै जागौं, समाजको चेतना परिमार्जनमा लागौं भन्ने मेरो अनुनय हो । परमार्थ सपार्नलाई कुनै पूर्वाग्रहबिना सच्चा मानवताको व्यवहार गरौं । यो चेतनालाई सर्वव्यापी बनाउँ भन्ने आग्रह हो । छुट्टै संस्कृति मान्नेहरुसित मिल्न सकिएन छ, ल ठिकै छ । तर, एउटै संस्कृति भएकाहरुबीचमा त कम से कम समन्वय रहोस्, सहकार्य सम्भव होस् १ ‘सबै एकछत्त भए धर्म नासिन्छ’ भन्नेहरुले असमानताभित्र धर्म जोगिएको कसरी निर्धारण गर्लान् कुन्नि !

मैले यसो भनिरहँदा मेरा धेरै मित्रहरुले मतिर धारे हात लगाउँदै भन्नेछन्,“के छुवाछूत र विभेद हाम्रो समाजमा मात्र छ रु” यही वहानामा कतिले मलाई समाजद्रोही घोषणा गर्न सक्छन् । यो कुरा मलाई राम्ररी थाहा छ ।

विश्वका विभिन्न समाजमा विभिन्न खाले विभेद र छुवाछूतका परम्परा छन् । जापानमा बुराकु भन्ने एउटा समूहलाई अछूत मानिन्थ्यो । कोरियामा पायाकचोङ भन्ने समूह, तिब्बतमा राग्यपा भन्ने उपजाति समूह समाजको मूलधारबाट बहिष्कृत थियो । यसरी नै बर्मेली समाजमा गुम्बज र स्तूपाको सरसफाई गर्ने पेशाकर्मीहरुलाई ‘प्यागोडा स्लेभ्स’को उपमा दिएर समाजको अछूत वर्गमा सीमित राखिएको थियो । यसरी नै इस्लामिक विश्वास परम्पराका मानिसहरुले असरफ वंशलाई उच्च र अजलफ(लगायतका अन्य वंशहरुलाई अति निच मान्ने गरेका छन् । कालो र सेतो छालाको रंगभेदी कुरै नझिकौं, सबैले बुझेकै छन् ।

यति कुरा पढिसकेपछि हाम्रो समाजका जातीय विभेदका पक्षधरहरुले लामो सास तानेर आङ तान्न सक्छन् । विभेद र बहिष्करणले भावनात्मक समाजको मुटुभित्र घाउ लाग्ने यथार्थलाई उनीहरुले अवमूल्यन गर्नेछन् । आज संस्कार र संस्कृतिको मूल सत्ता हाँकिरहेका बाहुनहरुले शंकराचार्यले अद्वैत्य वेदान्तको शिक्षा बाँड्ने दायित्व तोकेर पठाएका गिरी, पुरी,भारती, वन, पर्वत, सागर, तीर्थहरु कसरी जातिच्यूत गैरब्राह्मण भए भनेर सोचेका छन् झैं लाग्दैन ! उनीहरु त शंकराचार्यद्वारा चुनिएका उच्चकोटिका ब्राह्मणहरु थिए । यसरी नै बहिष्करणको सिलसिलामा ज्ञानी ब्राह्मणहरुको संख्या न्यून हुँदै गयो, स्खलित बाहुनहरुको संख्या बढ्दै गयो ।

2

यस कुरामा आश्चर्य नमानौं कि विश्वलाई बन्धुत्वको शिक्षा दिने, सभ्यता सिकाउने सर्वप्राचीन मानव भनेर आफैंलाई विश्वगुरुको श्रेणीमा परिभाषित गर्नेमध्येका अधिकांश मानिसहरु नै यो स्खलित बाहुनको वर्गमा पर्न सक्छन् । वास्तवमा ‘विश्वगुरु’(हरुले फलानाले यसो गर्छ, चिलानाले त्यसो गर्छ, त्यहाँ पनि जात छ, उहाँ पनि भेदभाव छ(भनेर आफ्ना कर्तुतहरुमा सामञ्जस्य कायम गराउन खोज्नु महापराध हो भनेर उनीहरुलाई नलाग्न सक्छ १ स्वैर्कल्पनाको रुमानी उडानमा मस्त रहेका तिनीहरुलाई समाजको सहस्तित्वको चिन्ताभन्दा पनि समाजमा आफ्नो विभेदकारी वैचारिक सत्ताको वर्चस्व कायम गर्ने कुण्ठा बढी हुन्छ । यस वैचारिक उठानमा मलाई यहाँनेर एउटा समसामयिक परिघटनाको कथा सुनाउन इच्छा जाग्यो । ‘यो घर कसको’ उपशीर्षकमा निम्न कथात्मक परिघटनालाई यहाँहरु समक्ष पस्किएँ १

यो घर कसको ?

भर्खरै परिचित एउटा यूनिभर्सिटीको समाजशास्त्र पढ्ने भारतीय विद्यार्थीसित मेरो खूब दोस्ती जमेको थियो । एउटै विषय परेकाले एशियाली संस्कृतिका बारेमा छलफल गर्दा हामीबीच गजबको सहकार्य हुन्थ्यो १ वेदहरुमा विद्यमान विश्वव्यापी मान्यता र सभ्यताबारे हामी बारम्बार चर्चा गर्थ्यौं । ऊ पनि चाख लिएर मसित बहसमा भागिदार बन्थ्यो । हामीबीच धर्म र अध्यात्मका कुरा खूब चल्थे ।

संयोगवश एक दिन उही मित्रसित हिँडिरहेको थिएँ । बाटोमा एउटा अनौठो घर देखियो ।

मैले सोधें-यो घर कसको ?

उसले उत्तर दियोस ‘यो घर हैन, मस्जिद हो ।’

मैले फेरि सोधेंस त्यो मस्जिद कसको रु उत्तरः ‘मुसलमानको ।’

ए‘अल्लाहको त हैन रहेछस म गम्भीर भएँ ।

मुसलमान पनि सियाको हो कि सुन्निको, अहमदीयाको कि तैमुरीको-कुरो प्रष्ट हुन सकेन !

सोही मित्रसित अर्को दिन हिँड्दै जाँदा पुनः अर्को घर देखियो ।

त्यो घर कसको रु मैले सोधिहालें ।

हिँजोकै जस्तो उसको उत्तर आयो, ‘घर हैन गिर्जाघर हो ।’

जिज्ञासाः त्यो गिर्जाघर कसको रु उत्तरः ‘इशाईको ।’

यहाँनेर गिर्जाघर पनि ईशा वा जिजसको त हैन रहेछ ! म अल्मलिएँ ।

इशाईमध्ये पनि क्याथोलिक हो कि प्रोटेस्टेन्टको, चर्चवालाको हो कि किङडम हलवालाको (स्पष्ट हुन सकिनँ !)

उसैगरी तेस्रो दिनको यात्रामा फेरि अर्को घर भेटिँदा प्रश्न गरें । मित्रको उत्तर उसरी नै दोहोरियो, तेहरियो ।

जिज्ञासाः त्यो गुम्बज कसको ?

मित्रको उत्तरः ‘बौद्धीहरुको ।’

यहाँ पनि स्वयं बुद्धको नभएर बौद्धी वा बौद्धावलम्बीहरुको मात्र रहेछ भन्ने बुझें । त्यो पनि सोनाम ह्लोत्सरवालाको हो कि ग्याल्पो ह्लोत्सरवाला(अझै वर्गीकरण हुन बाँकी थियो ।

यति सबै सुनुन्जेल म ढुक्क थिएँ(हिन्दूहरुका लागि त मन्दिर ईश्वरकै हुन्छ(कुनै व्यक्ति र समूहको, वर्ग र जत्थाको हुँदैन भन्ने सम्झेर १

उसैगरी अर्को साता अर्कै बाटोमा हिँड्दै थियौं । हिँड्दा हिँड्दै अर्को घर भेटियो । खुल्दुली र जिज्ञासा बढ्नथाले १

मैले सोधें, उसले उत्तर दियोस ‘घर हैन (मन्दिर हो ।’

पुनः जिज्ञासा राखेः त्यो मन्दिरचाहिं कसको त ?

मित्रको पहिलो उत्तर थियोः ‘हिन्दूको ।’

यतिकैमा हुर्दुराउँदै एकजना सन्तभेष धरेका मनुष्य हाम्रो छेउमा आइपुगे र भन्नथाले,‘यो मन्दिरलाई हिन्दू (हरु) को भन्न मिल्दैन । यो हाम्रो मन्दिर हो ।’

कसको त उसो भए ? हाम्रो भनेको कसकोरु ती सन्त भेषधारीसित मेरा मित्रले धमाधम प्रश्न राख्नथाले !

नमिठो मुख पारेर सन्तले उत्तर दिए,“यो त वैष्णवको मन्दिर हो ! सनातन हिन्दूसित हाम्रा नियमहरु मिल्दैनन् ! हामी छुट्टै हौं । अलग रहन चाहन्छौं ।’

वैष्णवको ? वैष्णवमध्ये कुन खाले वैष्णव रु महाभारत नायक कृष्ण वा पौराणिक पात्र विष्णुका सबै २४ वटा अवतारमध्ये कुनै न कुनैलाई विशेषीकृत रूपमा मान्नेहरु सबैलाई वैष्णव भनिन्छ रे १ त्यसमाथि पनि केही सिद्धान्त, मत अनि केही पन्थका गुरुहरुका नामबाट थप सम्प्रदायका धारा छुटेका छन् । जस्तै श्रीवैष्णव, निम्बार्क वैष्णव, गौडीय वैष्णव, मधवी वैष्णव, वल्लभी वैष्णव, रामानन्दी वैष्णव, कबीरपन्थी, ॐशान्ति, प्रणामी (स्वामी प्राणनाथका अनुयायी), स्वामी प्राणनाथका अनुयायीमध्ये पनि कृष्णधारा कि निजानन्दी धाराको ! तर, यति लामो चर्चापछि पनि त्यो मन्दिर कसको-कुनखाले हिन्दूको चाहिं हो- प्रष्ट भएन । उनीहरु दुवैजना मन्दिर कसको भन्ने सवालमा तर्कातर्की गरिरहेकै थिए । आफूलाई परम्परागत सनातनी हिन्दूभन्दा अलग्गै वैष्णव ठान्ने सन्तभेषी पनि रन्थनिदै आफ्नो तर्क राख्न मस्त थिए ।

मचाहिं यता मनमनै विचलित भएँ-आखिर यहाँ पनि भगवानको मन्दिर त रहेनछस पन्थ र समूहकै सम्पत्तिको नासोमात्र रहेछ !

मान्छेले भगवानको नाममा घर बनाएर आफ्नै सम्पत्तिको रुपमा दर्ता गर्छ ! गर्नुपर्छ- किनभने त्यसको सुरक्षा र संरक्षणको जिम्मेवारी कसैले बोक्नैपर्छ ! ‘भगवान’-ले उसैको नाम भँजाएर भेला गरिएको त्यो सम्पत्तिको रक्षा गर्न सक्तैन । तर, त्यही भगवानको नाममा बिल्ला टाँसेर मान्छे आफूजस्तै अर्को मान्छेसित सिँगौरी खेल्छ ! मान्छे भगवानको अस्तित्व र आस्थाको रक्षा गर्न लडेको हो कि आफ्नै कच्पचिएको विश्वास(मतका आधारमा सामाजिक सत्ताको वर्चस्व हत्याउन जुधेको हो रु आखिर यस्तो किन हुन्छ हँ ?

मेरो दिग्दारीयुक्त कुरा सुनेर मित्र लामो निस्वास छोड्दै उभियो । ऊसित पनि कुनै उत्तर थिएन । तर, हामी दुवै लगभग एकैखाले विश्वासपरम्पराका मान्छेस मनमनै आ-आफ्ना स्पन्दनका अमूर्त मर्महरु स्वतः साटिँदै थिए । ऊ भारतीय हिन्दूहरुको अनि म नेपाली हिन्दू समाजको बनोट र विश्वासपरम्पराका कुरा एकार्कालाई व्याख्या गरी गरी बुझाउन प्रयत्न गरिरह्यौं ।

हाम्रो, यानिकि संसारका जुनसुकै कुनामा रहेपनि नेपाली समाजको समग्र प्रारुपमा धेरैखाले विश्वास परम्पराहरु विद्यमान छन् । यद्यपि, समाजको अग्रभागमा देखिने प्रभावी चलनचल्तिको रुपमा हिन्दूहरुकै वर्चस्व कायम छ । तर-दुर्भाग्य, आजसम्म हिन्दूहरुको एकमुष्ट समूल पहिचान बन्नसकेको छैन । हिन्दूका नाममा केही वेदलाई मात्र मान्ने, कोही स्मृति र पुराणहरुलाई प्रमुखता दिने, कोही नदी र वनलाई मान्ने, कोही देवीशक्ति अनि कोहीचाहिं आश्चर्यजनक तान्त्रिकविद्यामात्र मान्ने आदि आदि थुप्रै विश्वास(समूहहरु छन् । सबैले आफूलाई असल सनातनी हिन्दूत्वको रक्षक र ईश्वरको सबैभन्दा नजिक पुगेको वा पुग्नसक्ने अग्रदूतका रूपमा दाबी गर्दछन् । तर, यथार्थमा अधिकांश हिन्दूहरु भौतिक ढर्रा र नौटंकीभन्दा टाढा हुनसक्ने छाँट देखिँदैन । व्यक्तिको अन्तस्करणबाट स्वतः पैदा भएको चेतना र दृष्टिकोणले मात्र समाजको विश्वासपरम्परालाई परिमार्जन गर्दै बोकेर हिँड्नसक्छ भन्ने विवेक बोकेका मानिसहरु समाजमा अल्पमतमा परिरहेका देखिन्छन् ।

तपाईं पनि सोच्नुस त-पिताम्बर धरोस् कि स्वेतवस्त्र पहिरियोस्, ठाडो, तेर्छो, गोलो, लाम्चो, रातो, पहेंलो, हरियो, वैजनी जस्तोसुकै चन्दन लावस्, तुलसी, रुद्राक्ष, पत्थरी, मोती जेसुकैको माला लावस्, झ्याम्टा बजावस् कि घण्टीमात्र बजावस्, पूरै जट्टा पालोस् कि त्यान्द्रो टुप्पीमात्र पालोस् अथवा पाल्दै नपालोस्(राम, कृष्ण, विष्णु, शिव वा सादृश्य (साकार) ब्रह्मालाई मानोस् वा अदृश्य (निराकार) लाई मानोस्अन्तस्करणमा हिन्दू आस्था भएका सबैजना एकै ठाउँ जुटेर आ(आफ्ना मत-सिद्धान्तका कुरा सौहार्द्रपूर्ण ढंगले साटासाट गरे कसको हानि हुन्छ, कसलाई नोक्शान लाग्छ ?

आखिर सबैले बैकुण्ठ धाम, गोलोक धाम, परमधाम, स्वर्ग जे भने पनि तिनका बारेमा कसैले लेखेका अथवा कसैले भनेका कुरा सुनेर अड्कलबाजी नै गर्ने हो ! जिउँदैमा ईश्वरीय यशको साक्षात्कार गरेर को आएको छ र ? अनुमानित अलौकिकताबारे आ-आफ्ना अनुमानका कुरा, तर्कहरु सौहार्द्रपूर्ण बनेर छलफल गर्दा कसको के बिग्रिन्छ ? सबैले आ-आफ्नै आस्था अनुसार छुट्टा छुट्टै सिंहासन थापेर एउटै मैदान वा भवनमा पूजा-आराधना गरी सँगै गोलाकार बसेर छलफल गर्दै प्रसादी ग्रहण गर्दा के हुन्छ ? एकताले समाजलाई हानि पुऱ्याउँछ- हो ? होइन भने त धर्म गरेका छौं, धर्म गर्नुपर्छ भन्नेहरुबाट साँच्चो अर्थमा गरिने धर्मको मर्म प्रकाशित हुनुपर्थ्यो निः ! किन प्रवचनमा एकातिर सौहार्द्रता र समीकरणको कथा भन्ने अनि अभ्यासमा अर्कातिर एकलकाँटे गुटबन्दी गर्दै हिँडेका छौं हामी ?

हाम्रो समाज, अर्थात हामी विशेष गरी नेपाली परम्परामा बाँचेकाहरुको समाजको कुरो गरिरहेको छु म । मैले सुनेको छु, “किराँत वा बौद्धावलम्बीहरुसँग ॐकारको नाताले एकै ठाउँ हुन सकिन्थ्यो । तर, त्यो पनि सम्भव भएन । किनभने उनीहरु आफ्नो पूजाविधिमा मांश-मादक पदार्थको प्रयोग गर्दछन् । हामी हिन्दूहरु कर्मकाण्डमा त्यसो गर्न सक्तैनौं ! त्यसो हुँदा हामीलाई बेग्लै स्थान चाहिएको हो !”

तर, यसो भन्ने मान्छेहरुले न बुद्धको दर्शन चिनेका छन् न त किराँतको मुन्धुम नै ! संसारलाई शान्ति र अहिंसाको पाठ पढाउने बुद्धको दर्शनमा के के छ भनेर हिन्दूका अधिकांश पण्डितहरुले खोजी(पढी गरेका पाइँदैन । काले राईले जनै लाएर ‘वेदमा के छ’ भन्ने पुस्तक लेखिदिँदा स्वामीजी स्वामीजी भन्दै बेस्सरी चिच्याउने बाहुनहरुमध्ये पनि एकजनाले मुन्दुममा यस्तो यस्तो कुरा छ भनेर लेखिदिए के बिग्रिन्थ्यो ? त्यसो गरिए सामाजिक समन्वय र सद्भावना नै विकसित हुन्थ्यो होला ! किराँतको असली नियममा मासु र रक्सीको प्रयोग वर्जित छ । यस्तै पूजाविधि, खानपानका चलन र केही ऐतिहासिक मतभिन्नताका कारण नेपालतिर यतिबेला लिम्बूहरुले आफूलाई किराँत नभएर ‘युमा धर्मावलम्बी’ बताउन थालेका छन् । ८ज्ञ।

अर्को चाख लाग्दो पाटो के छ भने, केही दशकअघिसम्म गैर-तागाधारी (किराँतीलगायत) समूहहरुलाई पनि हाम्रो समाजले मज्जासँग हिन्दू मानेको थियो । उनीहरुका घरमा गएर हाम्रा पुरोहित पण्डितले मनग्गे कर्मकाण्डको सुरो चलाएकै थिए । कुम्ले थैलो भरी दानको गुण्टुरो बोकेर आएकै थिए । केही समय अघिका राष्ट्रिय जनगणनाहरुलाई हेरौंस राई, लिम्बू, मगर, सुनुवार (मारापाचे), तामाङ, गुरुङ, शेर्पा आदि सबैलाई ‘हिन्दू’ भनेर तथ्यांक समेटिएको कुरा कसैले नकार्न सक्तैन । यदि संस्कारमा भिन्नता भएका ती तमाम जातिपरम्पराहरु त्यतिबेला हिन्दू हुनसक्थे भने आजचाहिं किन हुन सकेनन् ? आज किन हिन्दू भनेको बाहुन र क्षेत्रीमात्र भएका हुन् ? बाहुन र क्षेत्रीहरुले बाहुन-क्षेत्री सुरक्षा संगठन नखोलेर किन हिन्दू बचाउ संगठन खोल्नुपरेको हो ? यी तमाम विषयमा खुल्ला छलफल गर्ने दिन कहिले आउँछ हँ ? ८द्द।

सैद्धान्तिक चर्चा निकै गरियो, अलिकति व्यावहारिक कुरा पनि गरौं । साँच्चो बोल्ने हो भने हाम्रा प्रशस्तै वंशज बाहुनहरु मांसभक्षी पाइन्छन् ! नेपालको गढीमाईदेखि कालभैरवका मन्दिरसम्म पशुबलिको संकल्प पढ्नेहरु बाहुन नै हुन्छन् । इतिहासदेखि आजसम्म कुलपूजा गर्ने कुनचाहिं बाहुन-क्षेत्री शाकाहारी थिए र ? यसरी कहिले पूजाविधि, कहिले सम्प्रदायको सर्वोपरिता, कहिले शुद्धताको घमण्ड, कहिले गुठीको जमीन र पूँजी स्वामित्वको दर्जा अनि सबैभन्दा धेरै उपाध्याय-जैसी, खत्रीजस्ता शासकहरुले दिएका पदीय दर्जाको कुष्ठरोग बोकेर अधिकांश ब्राह्मण-क्षेत्रीहरु समाजमा कुण्ठा र फुटको पुलिन्दा च्यापी हिन्दूत्वको दोहनमा लागिपरेका देखिन्छन् ।

माथि नै भनियो -बरु किराँतको असली मुन्धुम मान्नेहरु शुद्ध शाकाहारी छन् । प्रणामी (निजानन्दी) सम्प्रदायमा रहेकाहरुले ब्राह्मणवादी कट्टरताबाट आफैंलाई छुटाएर हिन्दूत्वको उपासनाको प्रयत्न त गरे ! तर, त्यहाँ पनि लिँडेढिप्पीको बाहुनवादी मण्डूर बाँकी नै देखिन्छ । सीमित हदमा भए पनि बरु आर्यसमाजी चलन मान्ने सत्पालका अनुयायीहरु ‘मानवधर्म’ को नाममा आफ्नो सम्प्रदायलाई अघि बढाउँदै हिन्दूत्वको अभ्यास गरिरहेका छन् । प्रणामी र सत्पालजीका अनुयायीभित्र वर्णाश्रम परम्पराले अछूत दाबी गरेका शुद्रहरु (तल्लो जाति) मिसिएका छन् भनेर कथित ‘सत्य(सनातनवाला’हरु परपरै टक्टकिन्छन् ! यसैगरी खोज्दै जाने हो भने त भारतीय हिन्दूहरुले पहाडिया क्षेत्री, बाहुनलगायत सबै नेपाली हिन्दूलाई ‘व्रात्य’ भन्दछन् । व्रात्य भनेको त्यज्य अथवा त्याग्नलाई योग्य हो । फोहोरी, असभ्य, मूढ वा अज्ञानी हो । अछूत वा अस्पृश्य हो ! यसको अर्थ सबै पहाडिया ब्राह्मण, क्षेत्री र वैश्यहरु भारतीय मूलको हिन्दूत्वका लागि व्रात्य हुन्, त्यज्य हुन्, अछूत हुन् !

कथित रूपमा शुद्र भनिएकाहरु जसलाई पानी अचल भनिन्छ-सित मात्र सीमित छैन छुवाछूत वा विभेदको क्रम । हिँजो अस्तिका दिनसम्म कुमाईंले पकाएको खान नहुने, कुमाईंलाई छोरी दिन नहुने, कुमाईंका छोरी ल्याउन नहुने, कुमाईंसित कारोबार गर्न नहुने भनेर रुवाबासी गर्ने शठ संस्कारका पक्षधर पनि बाहुनहरु नै थिए । तर, ती कुमाईंहरुमध्ये केही अहिले हिन्दूत्वका बडा महात्मा बनिसकेका छन् । यस्तो परिवर्तन समाजको लागि सकारात्मक पक्ष हो । तर, न्यायसंगत तरिकाबाट अन्यखाले विभेदको जड फाल्नतिर पनि समाज लाग्नुपर्थ्यो त्यस्तो भएको छैन ।

पूर्वीया र कुमाईंबीचको विभेद मासिनुको रहस्य ठेट गाउँले बोलीचालीमा भन्ने हो भने ‘उपाध्याय’हरुले आफ्नै सन्तानलाई जैसी र खत्री बनाउँदै घटाएका कारण न्यून हुँदै गएको बाहुनहरुको संख्या स्थिर राख्न रचिएको वैकल्पिक चाल हो भन्ने अर्थ लाग्छ । किनभने, उनीहरु आज पनि वर्णाश्रमले पहिले नै तागाधारी तोकिदिएका ब्राह्मण र क्षेत्रीहरुलाई मात्र आ-आफ्ना सम्प्रदायमा गुट्मुट्याएर संख्या गणनाको मोलतोल गरिरहेका छन् । अमेरिकामा डोनाल्ड ट्रम्पले रिपब्लीकन मतदाता, भारतमा मोदीले भाजपायी मतदाताको संख्या गनेजस्तो समाजका धार्मिक महात्मा भनिएका अग्रजहरुले जमातकै संख्या गनिरहेका छन् । धर्म भनेको सम्पूर्ण मानवकल्याणको उपायविधि भन्ने आदर्शमा बाहुनहरुको विश्वासै छैन । धर्म मान्न वा लिन (असलमा सम्प्रदायको सदस्य बन्न) उनीहरुलाई तागाधारी बाहुन अथवा आज्ञाकारी क्षेत्रीमात्र चाहिन्छ ! यसरी हाम्रो सभ्यता र सांस्कृतिक गरिमा फैलाउने होइन, खुम्चिएर बिलाउँछ ।

हिन्दूत्व बँचाउने र फैलाउने ठूलो जिम्मेवारीको भार कन्दनी र जनैका डोराले मात्र थाम्दैन ! यसको लागि अध्ययनको जागरुकता, उच्च आदर्श र हिन्दूत्वको सम्पूर्ण यथार्थसित परिचित हुन जरुरी छ । संस्कृति र सभ्यतालाई समाजको सम्भ्रान्त वर्गसित गाँसेर पछौटे वर्गलाई समाजबाटै किनारा लगाउन चाहने श्वाँठहरु ‘कामी’, ‘दमाई’ र ‘सार्की’-लाई हिन्दू मान्नै चाहँदैनन् १ त्यस्ता शठहरुका लागि ‘तल्लो जाति’ भनेका सबै इशाई भइसके ! तर, यथार्थ त्यस्तो छैन १ कतै छ भने पनि यसको कारण त्यही अन्धपरम्परावादी देवाली र गोठधुपे संस्कृतिमात्र हो !

सभ्य र संस्कारित हिन्दूत्वले कदापि विभेद गर्नु भन्दैन १ हिन्दू र हिन्दूत्वको संरक्षण गर्ने अभियन्ताहरुले एकपाखे सम्प्रदायको वकालत गर्न छोडेर सबै हिन्दू (सभ्यतावादी)-हरुलाई एकठाउँ जुटाउने, एकले अर्काको सत्कार गर्न सिकाउने, आपसी प्रेमभाव बढाउनलाई प्रोत्साहित गर्नेतिर सोचून् ! मन्दिर र भवनहरु कुनै ट्रेड(मार्क ब्राण्डका व्यापारकेन्द्र नभएर समुदायको लागि साझा स्थल बनून् ‘! हाम्रो समाजको हित यसैमा निहित छ ।

वंशपरम्पराले बनेका कामी-दमाईका घरमा कर्मकाण्ड गर्न गएमा, भजन-कीर्तन गएमा उनीहरुले छोएको प्रसादी खानुपर्ला भनेर कानमा जनै सिउँरिँदै भाग्ने बाहुनहरु नै हिन्दू संस्कृति र सभ्यताको वलाकत गर्न ‘बसुधैव कुटुम्बकम’-को श्लोक फलाक्तै हिँडेका छन् । हिँजो अस्तिसम्म उनीहरुलाई वर्षैभरि कामी र दमाईंको श्रम खान केहीले रोकेको थिएन । सय रुपियाँको श्रम गराएर २५ रुपियाँ बराबरको बाली (अन्नको ज्याला) भर्ने काम तपाईं-हाम्रा हजूरबा’हरुले गरेकै थिए ।

केही दशक अघिसम्म यसरी कामीको घरमा पालेको गाई ल्याएर बाहुनको देउताको थानमा दूध चढेको थियो । कामीको घरमा जाँडको छोक्रा चपाउँदै हुर्किएको खसी बाहुनको कुलपूजामा देउतालाई बलि चढेको थियो । कामीले घन कुटेर बनाएको वर्तनथाली र दमाईले झत्ता काटेर बनाएको ढसना बाहुनका देउताका थानमा पवित्र बनिरहेकै छन् । तर, आज पनि उनीहरुले ‘छोएको पानी जाम भइरहेको’ छ । बगिरहेको नदी पनि उनीहरुले ‘छोइदिएमा चल्न छोडेर बरफ बनिरहेको’ छ । त्यसैले उनीहरुलाई ‘पानी अचल’ भनिन्छ ! यी त राणाकालीन नेपालका तीन सरकार जंगबहादुरले सिफारिश गरेको तत्कालीन मुलुकी ऐनका कुरा थिए । यद्यपि, पहाडे शामन्ती संस्कृतिका पालकहरुले त्यस्ता कानूनहरुलाई अझै पनि समाजमा लागू गरिरहेका छन् ।

यहाँनेर एउटा जटिल प्रश्न खडा हुन्छ । गाईलाई माता भनेर पूजा गर्ने बाहुनहरु परम्पपरागत रुपमा गोमांश खाने शेर्पा, भोटे, लाप्चे, तामाङ आदिलाई पानी चल मान्छन् । तर, गाईको पूजा गर्ने, तुलसी र सूर्यको पूजा गर्ने, आफूजस्तै जनै लाएर वैदिक कर्मकाण्ड गर्ने कामी, दमाई, सार्कीलगायतलाई पानी अचल किन मान्छन् रु यसको उत्तर उनीहरुसित छैन । “खै पुर्खाहरुले मान्दै ल्याए, यसरी नै चलेर आएको छ, हामी त बिँडो थाम्नेमात्र हौं”, भन्नबाहेक उनीहरुबाट अरु कुरै आउँदैन ।

कामी आफ्ना घरमा आउँदा होस् कि कुनै बाहुन कामीकोमा गएर एक ह्लोटा पानी पिउँदा होस्, गाउँमै आगो सल्काउने बाहुनहरु अहिले बाध्यता र परिबन्दले फेरिए पनि उनीहरुको भित्री मन धमिलै छ । होइन, कामी र दमाईको घरमा एउटा बाहुन जाँदैमा -उनीहरुसित बसेर खाँदैमा यी केही बाहुनका मानस पुत्रहरु आफ्नो लँगौटीभित्र छुचुन्द्रो पसेझैं गरी किन बुरुक्क उफ्रेका हँ ? कान्लाको डिलमा स्याल चुइँके झैं किन भित्रभित्रै मुर्मुरिएका ?

उहिलेकै जस्तो कामी-दमाईकोमा कोही जाँदै नजानु, उनीहरुलाई मर्दा-पर्दा पनि नसघाउनु, बाटो हिँड्न पनि नदिनू-सामु परे कामी-दमाईले बाटो मुनि झरेर जधौ ठोक्नु र सधैं विष्टकहाँ कमारा कमारीझैं ‘बाली’को श्रम गर्नु–यति नगरे मुखियाकहाँ पुऱ्याएर करङ सोझ्याउन पाए खुशी हुन्थे होलान् ! तर, अहिलेका सामाजिक कानूनहरुले त्यसो गर्न दिँदैनन् । व्यक्तिको चेतना र समाजका संरचनाहरुमा धेरै फेरबदल आइसकेकोले त्यति गरिहाल्न त सम्भव छैन । तथापि माथिल्लो जाति भनिएका धेरैको मनचाहिं संग्लिएको छैन । कुनै कामीले समाजमा लागू हुने कुरा गऱ्यो भने, कुनै दमाईले न्यायका कुरा लेख्यो भने-तिनका विरुद्ध गन्गनाउने बाहुनहरु मैले थुप्रै भेटेको छु । फलको आशाबिना कर्म (श्रम) गर भनेर अरुलाई अर्ती गर्दै हिँड्नेहरुले नै श्रमलाई अति हेलाँ गरे । श्रम र श्रमिकहरुलाई समाजको तल्लो दर्जामा हुत्याएर उपेक्षा गरेपछि उन्नति र प्रगतिको कामना व्यर्थ भयो भन्ने कुरा यिनीहरुको मस्तिष्कले कहिले टिप्ने हो खै !

बाहुनलाई राजामा तुलना गर्दै कामी(दमाईलाई दास-दासीको रूपमा दाँज्ने पाखण्डी मानसिकता भएका केही शठहरुले समाजलाई गुट गुटमा फुटाएका छन् । सबै बाहुन होइनन् तर, धेरै बाहुनहरु जुट्नमा भन्दा फुट्नमा रमाउँछन्स साझेदारी र विश्वासभन्दा अविश्वास र शंकामा आधारित समाज व्यवस्थामा खुशी हुन्छन् । कतिसम्म भने एउटा परिवारभित्र पनि छुट्टिएर एक्लै पकाएर खाने, त्यो पनि परिवारका अन्यहरु बस्ने ठाउँमा नबसेर छुट्टै भर्सेली छेउमा आशन लाउने बाहुनहरुको परम्परा हो । यो कसरी खाए भन्ने प्रश्नमात्र होइन । यो त आम मानसिकता र प्रवृत्ति दर्शाउने उदाहरण हो । शासनको धाक र शानमा गौरव गर्ने शामन्ती रवैया क्षेत्रीहरुको प्रवृत्ति हो भने बाहुनहरुको ब्योहोरा समाज बढाउने होइन, बरु सधैं अविश्वास र आशंका छरेर समाजलाई खुम्च्याउँदै लाने हो ! समाजको माथिल्लो तहमा रहन पाइएन भने अनेक जालसाजी गरेर, चालचुक्ली रचेर, शासकहरु साधेर भए पनि आफ्नो उपदेशक(वर्चस्व कायम गर्न खोज्ने हो ! बाहुनहरुको एकलकाँटे प्रवृत्तिलाई सरसफाई र स्वास्थ्य सुरक्षाको वहानामा सामान्यीकृत गरिएको छ । एक्लै कुदेर दौड जितेको स्वाङ गर्ने बाहुनहरु धेरै छन् । तर, अशुद्धताको कारण अरु सबै मरेर बाहुनहरु मात्र तीनसय वर्ष बाँचेको समाज संसारमा कतै पनि देखिएको छैन ।

अहिलेको समाज पुरानो चलन(चल्तीमा चलेको छैन, सुधार भएको छ भन्नेहरु पनि भेटिन्छन् । पढेलेखेका केही बाहुनका वंशहरु विस्तारै परिवर्तन हुँदैछ, एकदिन समानता भइहाल्छ निः भनेर दायित्वबाट पन्छिन्छन् । र, अरुको घरमा जातीय सरोकारको कुरा भए मज्जाले हम्किन्छन् तर, आफ्नोमा परे यिनीहरु चुप हुन्छन् । बुढा-पाकाले मान्दैनन्, उनीहरुको चित्त दुखाउनु हुँदैन-भनेर अन्यायको पक्ष लिन्छन् । वास्तवमा अहिलेको समाज जातको ध्रुवीकरणमा भासिँदै गएको छ, जातबाट पनि तल झरेर अझ थर(गोत्रमै सीमित हुनथालेको अवस्था छ । समाज सम्प्रदायहरुमा टुक्रा टुक्रा भइरहेको छ । अनि यस्ता सम्प्रदायहरुलाई मुख्यरूपमा बाहुनहरुले (ब्राह्मणले होइन) नै अगुवाइ गरिरहेका छन् । अधिकांश सम्प्रदायका अगुवाहरु आफूलाई हिन्दू धर्मावलम्बी भन्छन् तर, व्यवहारमा ‘बाहुनवाद’ (वंशीय सर्वोपरिता) लागू गराउँछन् । क्षेत्रीको कुरा धेरै नगरौं यहाँ, क्षेत्रीको अगुवाइ पनि सांस्कृतिकरूपमा बाहुनले नै गरेको हुन्छ ।

बाहुनले अगुवाइ गर्दैमा पनि केही बिग्रिएको थिएन । वेद-शास्त्रादिमा आस्था राखेर पनि केही बिग्रिएको थिएन । तर, समाजको अगुवाइ गर्ने बाहुनहरु ब्रह्म चिनेका, ब्राह्मणको योग्यता हासिल गरेका हुनुपर्थ्यो । ब्राह्मणको गुणले युक्त हुनलाई सम्प्रदायको झण्डा घुसार्ने लट्ठी बोकेरमात्र पुग्दैन । यहाँनेर के बुझ्नुपर्दछ भने सबै बाहुनहरु ब्राह्मण हुँदैनन् । वंश-परम्पराको आधारमा बनेका केही कामी, दमाईहरु शास्त्रले बताएको ब्राह्मण प्रवृत्तिका छन् अनि अधिकांश बाहुनहरु कामी-दमाईभन्दा धेरै असभ्य ब्योहोरा भएका पनि छन् ।

आफ्नो समाजमा भएका राम्रा र खराब दुवैखाले कुराहरु कन्दनीमा लुकाउन छोडेर बाहिर निकाल्नुपर्छ । थोरै राम्रा कुराको विज्ञापन गर्दै कुहिएका कुरा कन्दनीमा लुकाएर जुम्रा पार्नु हुँदैन ! मैले यहाँनेर यस्ता तमाम कुरा लेखिरहँदा यस्ता लेख पढ्ने थुप्रै बाहुनहरुले ‘यो कुन कामी रहेछ’ भन्नेछन्-यो कुराको अनुमान मलाई यथेष्ट रूपमा छ । ठिकै छ, त्यसो भन्नेहरुसित मेरो कुनै आपत्ति छैन । पहिलेदेखि नै थुप्रैले त्यसो भनिरहेकै छन्, म अभ्यस्त बनिरहेको छु । वास्तवमा ‘कामी’ शब्दको विवेचना नै गर्ने हो भने यसका दुइवटा अर्थ छन् । एउटा कर्म (सामान्य भाषामा काम अथवा श्रम) गर्ने व्यक्ति र अर्कोचाहिं कामुक (यौनवृत्तिमा रमाउने) व्यक्ति । पहिलो अर्थमा कर्म गर्नेजति सबै कामी भए । दोस्रो अर्थमा जाँदा हस्तिनापुरका कौरव-पाण्डवहरु सबै कामीका वंश थिए । किनकि कुरुवंशका पूर्वज ऋषि पराशरले कामान्ध भएर मत्स्यगन्धासित सहवास गरेका थिए । तिनै मत्स्यगन्धा पछि सत्यवती बनेर दरबार पसिन् । ऋषि पराशरबाट जन्मिएका, सारा पुराण र शास्त्रहरुका जनक व्यासजीलाई बोलाएर रानी सत्यवतीले अम्बिका र अम्बालिकासित संसर्ग गर्न लगाइन् ! त्यसपछि जन्मिएका कौरव र पाण्डवहरुको कुल कामान्धता भन्दा अलग स्रोतबाट आएका थिएनन् । यो त एउटा सामान्य उदाहरणमात्र हो । यस्ता अनेकौं उदाहरणहरु हुनसक्छन् । समष्टिमा भन्न खोजिएको कुरो के हो भने वर्णव्यवस्थामा ब्राह्मण, क्षेत्री र शुद्र अथवा बोलचालको भाषामा बाहुन, क्षेत्री र कामीहरु बेग्लै जातीय नश्लका थिएनन् ।

म, आफू बाहुन भएको दाबी गर्दिनँ र बन्न पनि चाहन्न ! म यदि हुँ भने वंशपरम्पराले दिएको बाहुन बाबु-आमाको पुत्रमात्र हूँ । कुनै चिह्नको आधारमा म बाहुन नै हुँ भन्ने ठहर लाग्छ भने पनि ठिकै छ । तर, मैले आफ्ना बाबु-आमा, आफन्त, छिमेकी बराल काका, खतिवडा फुपाजु र अन्य छिमेकीहरुभन्दा कामी माइला र गोठाले दमाईहरुलाई अलग्गै कहिल्यै देखिनँ । उनीहरु सबै एउटै खेतमा रोपाईं गर्थे, एउटै बाटो खन्न बेगार जान्थे । फरक केही थियो भने हाम्रा बा-आमा र छिमेकीहरुको तुलनामा कामी-माइला र गोठाले दमाईहरु अलि रुखो बारी, जंगलको छेउछाउतिर बस्थे । उनीहरुको अधीनमा खेत र मलिलो जग्गा कम हुन्थ्यो । हाम्रा बा-ले पेट चाउरी पारेर कन्दनीमा लुकाएको केही पैसा ब्याजीमा लाउँथे । कामी माइलाहरु अनिकालको बेला बेसाहा अन्न र ब्याजीमा ऋण लिन्थे । अनि यसैगरी हाम्रा बा’ र बा’का आफन्तहरु पनि सुनार अन्तरे र लोहार कान्छाहरुबाट कहिलेकाहीं ब्याजीमा कर्जा लिन्थे ! हाम्रा बा-ले लोहार कान्छालाई साउँ-ब्याज अलि ढिला गरी फर्काउँथे तर, कामी माइलाहरु हाम्रा बा-लाई खोटी नगरी ब्याज बुझाइरहन्थे । साउँ फर्काउन नसके खेतमा श्रम गरेर, हतियार बनाइदिने कबुलनामा गरेर पनि बेलैमा ऋण चुकाउँथे । तर, समग्रमा हाम्रा बा(हरु र कामी माइलाहरु सबै श्रम गर्थे, उनीहरु सबै समान दर्जाका किसान थिए-श्रमिक थिए ।

फरक अलिकति केही थियो भने हाम्रा बा’ बाहुन बन्नलाई बिहान नुहाएको दिन कामी माइलाभन्दा अलि सफा देखिन्थे । तर, हाम्रा बा र काकाभन्दा शहरमा बसेर सून पसल चलाउने सुनार कान्छा कता हो कता सुकिला थिए । शहरमै बस्ने गोठाले दमाईको छोरो तुलाराम हाम्रा गाउँका बाहुन ठिटाहरुभन्दा कता हो कता सुन्दर पट्ठो थियो । शहरबाट सुनार कान्छा र तुलारामहरु हाम्रै घरको बाटो उनीहरुको गाउँ जान्थे । सुनार कान्छा र तुलाराम आउँदा हाम्रा बा र काकाहरु बेतका कुर्सी र मेचमा राख्थे तर, आफ्नै गाउँका कामी माइला र गोठाले दमाईलाई पिँडीको पल्लोछेउमा खोसेलाको पीरा राखिदिन्थे । फरक केही थियो भने यति नै थियो । हेर्दा उनीहरु सबै उस्तै देखिन्थे ! हाम्रा बा’ बिहान पूजा गर्दा शंख बजाउँथे, कामी माइलाले पनि उसै गर्थे । कामी माइलाले आफ्ना बा-को श्राद्ध गरेको दिन मैले हेरेको, हाम्रा बाको जस्तै जनई उनले पनि लाएका थिए ! न्वारन, व्रतबन्ध र पूजा गर्दा उनीहरुकोमा पनि हाम्रोमा जस्तै रेखी र टपरा, अक्षता र फूलहरु हुन्थे ! फरक हुन्थ्यो त केवल पुरोहित उनीहरुकोमा दिलमान शंकर आउँथे अनि हाम्रोमाचाहिं माधव उपाध्याय र नेपाल साइँला महाजन ! तर, सबै पुरोहितका हातमा एउटै कर्मकाण्डको पुस्तक हुन्थ्यो ।

कामी माइला र गोठाले दमाईको घरमा जाँदा, उनीहरुसित हातेमालो गर्दा असमानता देख्ने अनि नजाँदाचाहिं समानता देख्ने, कामी र दमाईप्रतिको सद्भावनालाई घृणा गर्ने बाहुनका मानसपुत्रहरुको नजरमै खोट छ । दृष्टिकोणमै फुलो परेको छ । यस्ता कुरा लेखिरहँदा धारे लाएर बाहुन (हरु) भक्कु रिसाउँछन्, सके श्राप पनि दिन्छन् । किनभने यस्ता लेखहरु मार्फत उनीहरुका भित्री कुरा चर्चामा ल्याएर समाजलाई समानतामुखी सभ्यतातर्फ डोऱ्याउने अपेक्षा राखिएको हुन्छ । सामाजिक चेतनाको अन्तरकुन्तरमा भएका नकारात्मक जडताहरुलाई बाहिर निकालेर छताछुल्ल पारेपछि त्यो बढ्ने होइन, घाममा सुकेर मासिँदै जान्छ । भित्रभित्रै गुम्साएर राख्ताचाहिं त्यो ढाडिएर औंशा-कीरा पर्छ ।

पढे-लेखेकाहरुले, जानेका-बुझेकाहरुले समाजको विद्यमान व्यवस्थाबारे अन्जान भएर, नौटंकी गर्दै अमेरिका र अष्ट्रेलियामा ‘राइट टू प्राइवेसी’ को बखान गर्नु बेकार हो । यसको सट्टा असल भाइचारा बाँड्न उत्प्रेरित गर्नु जरुरी छ । मैले पढे-लेखेका भनेको टाई-सूट धडेर अंग्रेजी पड्काउनेलाई मात्र होइन । अक्षर चिनेर, किताब किनेर ज्ञान बाँड्ने सबै पढे-लेखेका हुन् । संस्कृत शिक्षा लिएकाहरुलाई अझ धेरै पढे-लेखेका मान्छु म । किनभने प्रयत्न गरेमा उनीहरुले समाजलाई अझ भित्रैसम्म बुझ्ने क्षमता राख्तछन् । अब श्लोकहरुमा सीमित ‘बसुधैव कुटुम्बकम’ को सन्देशलाई व्यावहारिक बनाउन अनिवार्य भएको छ । सबै हिन्दू (अहिंसावादी मानव समाज) बीचमा पारिवारिक मिजास फैलाउन पनि आवश्यक भएको छ ।

लेखको माथिल्लो परिशिष्टमै भनिएको छ- यसरी समानताको कुरा शुरु हुनासाथ परम्परावादीहरु भन्छन्,“एउटै हातका औंला बराबर हुँदैनन् । त्यसो हुनाले होचो(अर्घेलो सहनु पूर्वजन्मको कमाइ हो ।” तथापि, हातका होचा, छोटा, साना औंलाहरु काटेर मिल्काउन सकिँदैन ! सबै औंलाको उपस्थितिले मात्र सिंगो हातको अस्तित्व कायम छ भन्ने कुरा उनीहरु स्वीकार्न सक्तैनन् ! हैनस परम्पराको नाममा बा’हरु, हजूर बा’हरुले छोडेर गएका फेटा, सुरुवाल र लवेदा नै लाउन रहर लाग्छ भने कुनै आपत्ति छैन । तर, धोइ(पखाली सफा पारेर त लाउनु निः कम से कम ! वंश-बिर्ताको नाममा परम्पराको चिर्कटोमात्र टाँसेर त्यसैलाई वीरहरुको राष्ट्रिय झण्डा किन सम्झिनुपरेको हो कुन्नि !

हाम्रो समाजमा केही सज्जन बाहुनहरु पनि छन् जसलाई ब्राह्मण भनिन्छ । तिनीहरु समुद्रजस्ता शान्त र विचारमा प्रगतिशील हुन्छन् । समाजलाई अग्रगतिको ज्ञान बाँड्छन् र सधैं भाइचारामा रमाउँछन् । यद्यपि, यस्ता बाहुनहरुको संख्या हातका औंलामै सिद्धिन्छ । विडम्बनाको कुरा, ब्राह्मणको रूपमा भ्रमित र स्खलित बाहुनहरुको बिगबिगी छ समाजमा !

इतिहासले भन्छ- ब्राह्मणहरु विश्वगुरु थिए । विश्वगुरुको उपाधि पाएकाहरुले अरु सबैका दर्शन र परम्पराहरुको अध्ययन गरी उनीहरुलाई पनि असली ज्ञानदान गर्नुपर्ने हो । गुरु कुनै वंश र वर्गको मात्र नभएर सम्पूर्ण मानवजगतका लागि हुनुपर्ने हो । तर, बहुसंख्याका बाहुनहरु रामायणका श्लोक घोकेर, पाती पढ्ने मन्त्र सिकेर, निक्रयको संकल्प बर्बराउन र आँगनमा स्वस्तिक चिह्न बनाउँदै रेखी हाल्न जान्नासाथ ब्राह्मण बन्ने लालसामा द्रवीभूत भए । स्वयं अज्ञानी भएर ज्ञानको नाममा पथभ्रष्ट चलन स्थापित गर्दै अभद्र समाज निर्माणको बाटोमा लागिरहे ।

फलानाले पढ्न पाउँदैन, ढिस्कनाले पढ्न हुँदैन । कसैले पढ्छ भने गुरु नथापी पढ्न हुँदैन-भनियो । अनि गुरु थाप्न आएका विद्यार्थीहरुमा भेद गर्दै कसलाई विद्यादान दिने वा नदिने निर्णय ब्राह्मण गुरु बनेका बाहुनहरुले नै गरे । अशुद्धताको बहानामा उनीहरुले विद्यार्थीको वर्ग छुट्याए । त्यही लहर आजसम्म चलेर आएको छ । तर्कसंगत न्यायका आधारमा ठोस अभियान नचालिएमा यो क्रम अझै शताब्दियौं चल्नेछ । तर्क चलेको बेला कर्म अनुसार जात छुट्टिएको, पेशा अनुसार समूह छुट्याइएको हो भनेर ‘जन्मना जायते शुद्रो, कर्मणा द्विज उच्यते‘’ को हवाला दिनेहरु कसैले पनि संस्कृत भाषा र कर्मकाण्ड पढेको कथित अछूतलाई पुरोहित बोलाएको पाइएको छैन । पक्का किसिमले हिन्दू-संस्कृतिलाई आफ्नो जीवनशैलीको आधार बनाएर बाँचेका कथित अछूतका सन्तानसित आफ्ना छोरा(छोरीले सम्बन्ध गाँसे, विवाह गरेमा बाहुनलगायत अन्य सबैले उनीहरुलाई बहिष्कृत गराएका छन् । त्यस्तो घडीमा कसैले त ‘इज्जत जोगाउने’ बहानामा आफ्नै सन्तान (अरुका सन्तान पनि) को निर्मम हत्यासमेत गरेका छन् !

शाण्डिल्य सूत्रका भाष्यकार स्वामी योगप्रताप भारतीको भनाइमा जब मानिसहरु अधार्मिक भए त्यही भ्रान्तिमा उनीहरुले गिर्जाघर, मस्जिद, मन्दिर र गुम्बजहरु बनाउन थाले । उनीहरुले ‘भगवान’लाई आफूले बनाएको साँघुरो खोरमा थुनेर बन्दी बनाउन थाले ! अनि उनीहरु सबै भन्नथाले, ‘भगवान, अल्लाह, यशु वा बुद्ध आ-आफ्ना मन्दिरभित्र मात्र बस्छन् !’ यसरी भगवानको विशालता मन्दिरभित्र खुम्चियो । जसरी भगवानलाई खुम्च्याएर सीमित बनाइयो मानिसको बाउन्ने चेतना अझै चाउरिएर मरिचजस्तै हुँदै गयो । ‘तिमीले धेरै तिर्थस्थल बनायौ र केहीलाई पवित्र भन्यौ । धेरै मूर्ति बनायौ र केहीलाई साक्षात भन्यौ १ विभेद गर्न कहाँ अरुले सिकाएका हुन् र, यसको कारण तिमी स्वयं हौ !’ जब भगवान चारदिवारमा थुनिए, तब मन्दिर धाउनेहरु हिन्दू भए, मस्जिद धाउने मुसलमान, गिर्जा जाने इशाई र गुम्बज छिर्नेहरु बौद्ध ।८घ।

साँच्चै हो, दर्शनशास्त्रहरुले देखाएको ज्ञानद्वारा प्राप्त प्रकृति र सबैतिर ‘प्रमात्मा’ देख्ने दीव्यचक्षु भए यो धर्तीमा किन मानिसहरु बौद्ध, इस्लाम,हिन्दू र इशाई भएर जुधिरहन्थे रु धर्मी र अधर्मी अथवा गलत अर्थमै भए पनि चल्तीको बोलीमा भन्नुपर्दा ‘आस्तिक’ र ‘नास्तिक’मात्र हुँदा पुगिहाल्थ्यो निः हैन र ? किन आ-आफ्ना वंशीय दलहरु, थर-गोत्रका बिर्ताहरु किन चाहिन्थ्यो ?

यदि आजका हिन्दूहरुले आफ्नो दर्शनलाई यी अरु सबैभन्दा वृहत् मानवहितमा लगाउने सिद्धान्त हो भनेर प्रमाणित गर्ने हो भने सोही अनुसारको व्यवहार प्रतिपादन गर्नुपर्छ ! धार्मिक अभियन्ता र प्रतिष्ठानहरुमार्फत असल आदर्श लागू गराउनुपर्छ । आफू र आफ्नो प्रतिष्ठानलाई साँच्चो बात्सल्य र बन्धुत्वको विम्बका रूपमा स्थापित गर्नुपर्छ ! नभए, धूरीमा जति अग्लो गजूर लाए पनि, जति धेरै ध्वजा-पताका र मूर्तिहरुले सजाए पनि, यो कथनको शुरुमा भनिएजस्तै ‘यो कसको घररु’ भन्ने प्रश्नहरु हरेक ठाउँमा सोधिनेछन् ! र, उत्तरमा कुनै ईश्वर, भगवान वा दर्शन-चेतनाको महिमा उल्लेख नभई कुनै समूह, गुट र व्यक्ति व्यक्तिमा आएर यो क्रम टुंगिने छ !

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार