एजेन्सी । बलिउड नायिका रिया चक्रवर्ती हालै रोजिडबाट चर्चामा आएका राजिव लक्ष्मणसँग देखिइन् । राजिवले आफ्नो इन्स्टाग्राम अकाउन्टमा रियासँगको फोटो सेयर गरेका थिए जसमा रियाले राजिवलाई अँगालो हालिरहेको देखिएको थियो ।
तस्बिरमा रिया निकै खुसी देखिएकी थिइन् र तस्बिर पोस्ट गर्दै राजिवले लेखे – माई गर्ल । यो फोटो तत्काल चर्चाको विषय बन्यो, मानिसहरुले विभिन्न चर्चा परिचर्चा गर्न थाले । त्यसपछि राजिवले तस्बिर डिलिट गर्दै नयाँ पोस्टमा यसबारे स्पष्टिकरण दिए ।
राजिव लक्ष्मणले इन्स्टाग्राममा नयाँ पोस्ट गर्दै लेखे, ‘यस्तो लाग्छ कि मैले आफ्नो एक पोस्टमा शब्दको गैर जिम्मेवारीयुक्त चयनका कारण निकै विवाद निम्त्याएको छु ।’
उनले थपे, ‘रिया मेरी निकै प्यारी पुरानी साथी हुन् र म उनलाई पुनः भेटेर निकै खुसी छु । म चाहन्छु उनी सधैं खुसी रहून् । ’
यद्यपि, यो पोस्ट आउञ्जेलसम्म राजिवसँगको फोटो भाइरल भइसकेको थियो ।
स्मरण रहोस्, सुशान्तको मृत्युपछि नराम्रोसँग फसेकी रिया चक्रवर्तीले आफ्नो जीवनलाई पुनः लयमा फर्काउने कोसिस गरिरहेकी छिन् । रघुले हालै आफ्नो छोरा रिदमको जन्मदिन मनाएका थिए र रिया उक्त कार्यक्रममा सरिक हुन पुगेकी थिइन् ।