टेलिभिजन प्रस्तोताको रोमाञ्चकारी प्रेम

रोचक समाचार

एजेन्सी । जोइ एसेक्स चर्चित बेलायती टेलिभिजन पर्सनालिटी हुन् । २०११ देखि २०१३ सम्म उनी आईटिभी रियालिटी शृंखला ‘द अन्ली वे इज एसेक्स’ मा देखिएका थिए ।

यी प्रस्तोताकी पूर्व प्रेमिकाले अहिले आफ्नो सम्बन्धबारे नयाँ खुलासा गरेकी छिन् । २१ वर्षीया ब्राजिली मोडल ब्रान्डा सन्तोषकाअनुसार जोडीबीच दैनिक एकपटक यौनसम्पर्क हुन्थ्यो । ‘हामीबीच दैनिक यौन सम्पर्क हुन्थ्यो। कहिलेकाहिँ मुड हेरेर एकैदिनमा धेरैपटक पनि,’ उनले भनिन्, ‘उनी मेरो शरीरलाई निकै माया गर्थे ।’ ३० वर्षीया जोइले एकपटक आफूहरुबीच शारिरीक सम्पर्क नरहेको संकेत गरेका थिए । यद्यपी, ब्रान्डा यसलाई नाटक भन्छिन्, ‘जोइ धेरै बाठा छन् । उनी सिल्ली देखिएजस्तो नाटक गर्छन्, यो उनको काम हो ।’

गत मेइमा यो जोडीले डेटिङ सुरु गरेको थियो । उनीहरुबीच साथीमार्फत चिनाजान भएको थियो र प्रेम सम्बन्ध पाँच महिनामात्रै चल्यो । ब्रान्डासँग भेट हुँदा मेक्सिकन मोडल लोरेना मेडिनासँग जोइको ब्रेकअप भएको धेरै समय भइसकेको थिएन । उनीहरु सँगै बस्न थाले । गत जुलाईमा यो जोडी इबिजाको तीन दिने भ्रमणमा गरएको थियो, जहाँ उनीहरुले समुन्द्री किनारमा फोटो खिचाएका थिए ।

यद्यपी सेप्टेम्बरमा यो जोडीको ब्रेकअप भयो । ब्रेन्डाको बुझाइमा अहिले पनि उनीहरुमा निकट नै छन् । ‘म जोईलाइै १० मा ८ अंक दिन्छु । उनी सुन्दर, आर्कषक पुरुष हुन् । तर १० मा १० दिन्न,’ उनले भनिन् ।
ब्रान्डा भन्छिन्, ‘हामीले विवाह र बच्चाका विषयमा पनि धेरै छलफल ग¥यौं । तर मैले विहेका लागि सोच्ने उमेर भइसकेको छैन । म धेरै सक्रिय छु र केही गर्न चाहन्छु । उनी तयार देखिन्छन् किनकी उनी ३० वर्षको भइसकेका छन् ।’ ब्राजिलको राजधानी ब्रासिलिया स्थायी घर भएकी यी मोडल अहिले सेन्ट्रल लण्डनमा बस्छिन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार