ट्राफिक प्रहरीका कारण रोकिए लाइसेन्सका परीक्षा

अर्थ/बाणिज्य

Trail Test for Getting Motorcycle Driving License 2015

काठमाडौं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को वितरणको प्रक्रियालाई थप पारदर्शी बनाउन सरकारको ध्यानाकर्षण गराएको छ । यातायात व्यवस्था विभागलाई पत्र लेख्दै महाशाखाले लिखित तथा प्रयोगात्मक परीक्षालाई परादर्शी बनाउन थप उपायहरु अबलम्बन गर्न सुझाव दिएको छ ।

प्रक्रियालाई थप पारदर्शी बनाउन माग गर्दै सोमबारबाट परीक्षाहरुमा ट्राफिक प्रहरीका प्रतिनिधि पनि खटाउन छाडेको छ । यसले गर्दा उपत्याकका लाइसेन्स कार्यालयले सोमबार लिखित र प्रयोगात्मक परीक्षा लिन पाएनन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीका अनुसार यसबारे सोमबार नै विभागसँग छलफल हुँदैछ ।

‘सीसी टिभी क्यमेराबाट हुने निगरानी पनि बढाउने र पास(फेलको रेकर्ड अझै परादर्शी रुपमा आदानप्रदान गर्नेबारे विभागसँग छलफल हुन्छ,’ अधिकारीले भने,’यसो हुँदा कतै कसैबाट बदमासी हुन पाउँदैन, भइहाले कारवाही गर्ने सहज हुन्छ ।’

traffic

उनले लाइसेन्स कार्यालयसँग आफूहरुको मनमुटाव नरहेको र प्रक्रियालाई थप पारदर्शी गर्न मात्रै ध्यानाकर्षण गराइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार