सोसल मिडियामा ट्रेन्ड भइरहेका छन् तैमुर, रोचक छ कारण

कला/ साहित्य

एजेन्सी । बलिउड नायिका अनुष्का शर्माले सोमबार दिउँसो छोरीलाई जन्म दिएकी छिन् । विराटले यसको जानकारी सोसल मिडियामार्फत् दिएका हुन् ।

सोसल मिडियामा विराट र अनुष्कालाई बधाईको बाढी नै छ । यसै क्रममा हेर्दा हेर्दै करिना कपुर खानका छोरा तैमुर सोसल मिडियामा ट्रेन्ड हुन थाले । मानिसहरु तैमुरको पब्लिसिटीका लागि मीम्स बनाइरहेका छन् । सोसल मिडिया प्रयोगकर्ताले विराट र अनुष्काको छोरी जन्मिएपछि अब तैमूर सोसल मिडिया सेन्सेसन नहुने बताइरहेका छन् ।

यद्यपि। तैमुर अली खानका थुप्रै फ्यान पेज बनेका छन् जसमा उनका विभिन्न फोटो र भिडियो भाइरल भइरहेका हुन्छन् । भर्खरै चार वर्ष पुगेका तैमुरको फ्यान फलोविङ निकै तगडा छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार