कक्षा ११ र १२ को नयाँ पाठ्यक्रमलाई सर्वोच्चले दियो वैधता

ब्यानर

काठमाडौं । कक्षा ११ र १२ मा पुरानै पाठ्यक्रमलाई मान्यता अनुसार पठाइयोस् भनेर भागवता अर्याल समेत ७ जनाले दिएको रिटलाई सर्वोच्च अदालतले खारेज गरेको छ । न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको १० नम्बर बेञ्चको संयुक्त इजलासले आज रिट खारेज गर्दै नयाँ पाठयक्रम अनुसार अध्ययनरअध्यापन गर्न/गराउन निर्देशनात्मक आदेश दिएको हो ।

भागवता अर्यालसमेत ७ जनाले पाठ्यक्रम विकास केन्द्रलाई विपक्षी बनाई सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्च अदालतको यो निर्णयले विद्यालय र विद्यार्थीमाथि रहेको अन्योल हटेको छ ।

सर्वोच्चमा रिट दायर भएपछि नयाँ पाठयक्रम वा पढने वा पुरानै पाठयक्रम बमोजिम पढने÷पढाउने भन्नेमा विद्यार्थी र विद्यालयहरु अन्योलमा थिए । झण्डै तीन दशकपछि कक्षा ११ र १२ मा नयाँ पाठयक्रम अनुसार पढाई हुँदैछ ।

सर्वोच्च अदालतका संञ्चार विज्ञ किशोर पौडेलले न्यायाधीशहरु तेजबहादुर केसी र प्रकाशकुमार ढुङ्गानाको इजलासले निर्देशनात्मक आदेश दिएपछि कक्षा ११ र १२ को पाठयक्रम सम्वन्धी अन्योल हटेको बताए । भने, ‘अब नयाँ पाठयक्रम अनुसार पढने/पढाउने बाटो खुलेको छ ।’

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार