आफुभित्रको प्रतिभा देखाउन आयो ‘म भित्रको म’

कला/ साहित्य

331

काठमाडौं । नेपालमा पहिलो पटक आफ्नो जुनसुकै प्रतिभा प्रस्तुत गर्न सकिने रियालिटी शो कार्यक्रमको सुरुवात भएको छ । ‘म भित्रको, म’स्लेगन रहेको यस कार्यक्रममा हरेक व्यक्ति भित्र रहेका हरेक प्रतिभाहरु प्रस्तुत गर्न सकिने छ ।

कार्यक्रम यहि जेठ १७ गते बाट सञ्चालनमा आएको हो कस्मिक मिडया प्रा.लि द्धारा सञ्चालीत कस्मिक टि.भि मा प्रसारण हुने छ । अनलाईन प्रसारित कस्मिक टिभि साथै कस्मिक मिडिया को युट्युब च्यानल बाट कार्यक्रम हेर्न सकिने छ ।

विश्व माहामारीको रुपमा रहेको कोभिड (१९)को समयमा सबै व्यक्तिहरु घरमा नै बन्दा बन्दीमा छौ ,यस्तो अवस्थामा घरमा बसिरहदाको समयलाई सदुपयोग गर्न पनि यो कार्यक्रमले सहयोग सञ्चालक रमेश पोखरेलले बताएका छन् । यो कार्यक्रममा आफ्नो प्रतिभा आफैले रेकर्ड गरेर पठाउनु पर्ने हुनाले पनि सहभागिता जनाउन सजिलो हुने उनको विश्वास छ । ।रेकर्ड गरिएको सो प्रतिभा cosmictvhd@gmail.com मा पठाउन सकिने छ ।

कार्यक्रमले बन्दाबन्दीको समयको सदुपयोग , प्रतिभा प्रस्तु्त साथै मानसिक तनाव समेत कम हुने उनको भनाई छ । हामी भित्र रहेको प्रतिभाहरु गित, नाच, कविता, गजल, भाषण, कमेडि लगायत विभिन्न कलालाई यस कार्यक्रममा प्रस्तुत गर्न सकिनेछ । यस त्जभ त्बभिलत कार्यक्रमले देश विदेशको हरेक ठाउँमा रहेका व्यक्तिहरुको कलालाई समेट्ने प्रयास गरेको छ ।

कार्यक्रममा ५ वर्ष भन्दा माथिका सबैले सहभागीता जनाउन सक्ने सञ्चालकको भनाई छ । सहभागीले जेठ १७ गते बाट १ महिना सम्ममा भिडियो पठाई सक्नुु पर्नेछ ।

एक जनाले जम्मा ३ देखी ५ वटा सम्म भिडियो पठाउन पाउनेछन् , एकै जनाको गित, कविता, नाच ,भाषण, जोक्स फरक फरक पठाउन पनि पाइनेछ । साथै कोभिड १९ लार्ई मध्यनजर गरी कार्यक्रममा सहभागी हुने समय थप पनि गर्न सकिने सञ्चालकको भनाई छ ।

कार्यक्रममा सहभागीे भिडियोकोे कमेन्ट, भ्यूजको अधारमा ६० प्रतिशत र सञ्चालक टिमको तर्फबाट ४० प्रतिशत गरेर जम्मा १०० प्रतिशत गरी मुल्यंकनबाट बिजेता छानिनेछ ।

बिजेता को नाम अनलाईन , फेसबुक र समाचारहरुबाट सर्वजनिक गरिनेछ र बिजेतालाई बन्दा बन्दीको अवश्था सामान्य भएपछि मिडियाको कार्यालय बागबजारमा उपस्थित गराई एक कार्यक्रमका विच पुरस्कृत गरीने सञ्चालक पोखरेलले जानकारी दिए ।

बिजेतालाई नगद पु्रस्कार सहित प्रमाणपत्र साथै आगामी दिनमा मिडिया क्षेत्रमा प्रवेश गर्ने अवसर समेत प्रदान गरीने उनको भनाई छ ।

कस्मिक मिडियाले यस अघि पनि विविध कार्यक्रमहरु सञ्चालन गर्दै आइरहेको छ । हाल मिडियाले रियालिटि शो द लिडर स्पिच स्टार कार्यक्रम सञ्चालन गराईरहेको उनले जानकारी दिए ।

द लिडर स्पिच स्टार कार्यक्रमले समाजमा रहेका आवाज खोज्ने र समाज विकास गराउदै देश विकासमा टेवा पुयाउने गर्दछ भने कार्यक्रमले हरेक कलाको बिकास गराउने पोखरेलको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार