कोरोनाको भ्याक्सिन उत्पादन सुरु

ब्यानर

remdesivir XNCHSZAzvy tzzwLjgh8v

एजेन्सी । बेलायतको औषधि कम्पनी एस्ट्रजेनेकाले कोरोना भाइरसको रोकथामका लागि बनाइएको सम्भावित भ्याक्सिन उत्पादन सुरु गरेको छ । जबकी यो भ्याक्सिन अहिले पहिलो चरणको परीक्षणमा मात्र उतिर्ण भएको छ ।

कम्पनीले अक्सफोर्ड युनिभर्सिटीका वैज्ञानिकसंग मिलेर यो भ्याक्सिनको विकास गरेको हो र अहिले यसको परीषणनै भइरहेको छ । कम्पनीका मालिक पास्कल सोरिअटले पत्रकारसंगको कुराकानीमा भने ‘एस्ट्राजेनेकाको अहिलेदेखिनै यसको उत्पादन सुरु गर्नु पर्छ भन्ने मान्यता रह्यो, किनभने यो भ्याक्सिनले सबै परीक्षणमा सफल हुँदा माग बढेअनुसार आपुर्ती गर्न सकियोस ।’

कम्पनीले यो भ्याक्सिन २ अर्व खुराक आपुर्ती गर्न सक्षम हुने बताएको छ ।

पास्कल सोरिअटले भनेका छन् ‘हामी जोखम मोलेरै अघि बढेका छौं । हामीलाई थाहा छ, यदी यो भ्याक्सिन सफल भएन भने हामीले निकै ठूलो आर्थिक नोक्सानी व्यहोर्नु पर्नेछ । किनभने हामी जति भ्याक्सिन तयार गरेका हुन्छौं, त्यो सबै बेकार हुन्छ ।’ (बिबिसीबाट)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार