कोरोना भ्याक्सिनको २० करोड डोज बनाउँदै रुस

विज्ञान प्रविधि

एजेन्सी । यो वर्षको अन्त्यसम्ममा रुसले आफूले अनुसन्धान गरेको कोरोना भ्उाक्सिनको ३ करोड डोज बनाउने तयारी गरेको छ । यति मात्र होइन मस्कोले यो भ्याक्सिको १७ करोड डोज विदेशमा बनाउने लक्ष्य लिएको छ ।

रसिया डाइरेक्ट इन्भेष्टमेन्ट कोषका प्रमुख किरिल दिमित्रिभले यो भ्याक्सिनले यसै हप्ता ३८ जनामा भएको परीक्षण सफलतापूर्वक पास गरेको छ । अनुसन्धानकर्ताले यसलाई सुरक्षित र प्रतिरोधि क्षमताको बिकास गर्न सक्षम पाएका छन् । तर, यो भनाई कति बलियो हो, भन्नेमा शंका छ । यही महिनामा रुसमा र अकोृ महिना अन्य देशबाट परुीक्षण पास भएका यसको उत्पादन सुरु हुन्छ ।

दिमित्रिभकाअनुसार अगस्त महिनामा हजारौं मानिसमा यसको परीक्षण गरिनेछ । यसअघि ३ अगस्तसम्म १०० जनामा परीक्षण पुरा गरिनेछ । उनले भने ‘अहिलेको नतिजाको आधारमा हामीलाई विश्वास छ, यसले अगस्तमा रुसमा परीक्षण पास गर्नेछ भने संसारभरीमा सेप्टेम्वरसम्ममा । सबै परीक्षण सफलतापूर्वक पुरा गर्ने यो विश्वको पहिलो भ्याक्सिन हुनेछ ।’ उनकाअनुसार तेश्रो चरणको परीक्षण रुसबाहेक मध्यपूर्वका दुई देशमा गरिनेछ । यसका लागि रुसले साउदीअरवसंग कुरा गरिरहेको छ र साउदीले पनि साथ दिने बताएको छ ।

यो भ्याक्सिन मस्कोको जामालिया इन्सिच्युटले बिकसित गरेको हो । यो भ्याक्सिनको ४÷५ करोड डोज त रुसलाईनै चाहिने बताइएको छ । धेरै संख्यामा बनाउन अन्य पाँच देशसंग छलफल भइरहेको छ, जहाँ १७ करोड डोज उत्पादन गर्न सकिन्छ ।

यसअघि अमेरिकी कम्पनी मोडर्ना आइएनसीले कोरोना भाइरसको भ्याक्सिनको पहिलो सफल परीक्षण गरिसकेको छ । न्यू इग्ल्याण्ड जर्नल अफ मेडिसिनमा प्रकाशित अध्ययनमा यसको पहिलो क्लिनिकल परीक्ष्णका लागि ४५ जना स्वस्थ्य व्यक्ति छानिएको थियो । परीक्षणमा यो भ्याक्सिनले व्यक्तिभित्र कोरोनाविरुद्ध इन्टीवडी विकास गर्न सक्षम रहेको पाइएको बताइएको छ । यो भ्याक्सिनको पनि सबै परीक्षणमा सफल भयो भने नोभेम्वरसम्ममा करौडो डोज उत्पादन गर्ने तयारी थालिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार