चेल्सी एफए कपको फाइनलमा

खेलकूद

एजेन्सी । म्यानचेस्टर युनाइटेडलाई पराजित गर्दै चेल्सी एफए कपको फाइनलमा प्रवेश गरेको छ । आइतबार राति वेम्वली स्टेडियममा भएको खेलमा चेल्सीले म्यानचेस्टर युनाइटेडलाई ३–१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का बनाएको हो । चेल्सीको जितमा ओलिभर जिरुउड र मासन माउन्टले गोल गर्दा एक गोल गरे ।

अब चेल्सीले उपाधिका लगि २ अगस्टमा अर्को लन्डन क्लब आर्सनलको सामना गर्नेछ । आर्सनलले शनिबार राति म्यानचेस्टर सिटीलाई २–० ले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो । युनाइटेडका लासग ब्रुनो फर्नान्डेजले पेनाल्टीमार्फत सान्तवना गोल फर्काए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्त्यतिर ओलिभर जिरुउडले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए ।

दोस्रो हाफको सुरुमै गोलरक्षक हे गेयाकै गल्तीमा मासन माउन्टले गोल गर्दै चेल्सीको अग्रता दोब्बर पारे । विलियनको फितलो पासलाई फ्रेडबाट खोस्दै अघि बढाएको बललाई गोलरक्षक हे गेयाले राम्रोसँग जज गर्न नसकेको बललाई माउन्टले जाली चुमाएका थिए । ७४औं मिनेटमा ह्यारी मिगुएरले आत्मघाती गोल गरेपछि चेल्सीको जित सुनिश्चित बनेको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार