नेविसंघद्वारा शिक्षा मन्त्रीलाई २४ घण्टे अल्टिमेटम

राजनीति

काठमाडौं । नेपाल विद्यार्थी संघले पोखरा विश्वविद्यालयमा पदाधिकरी नियुक्त गर्न माइतीघर मण्डलामा प्रर्दशन गर्दै शिक्षामन्त्रीलाई २४ घण्टे अल्टिमेटम दिएको छ ।

नेबिसंघ उपाध्यक्ष तुलसा पन्तले शिक्षा मन्त्रीले नेबिसंघको आवाज नसुने आन्दोलनअको आधिबेहरी ल्याउने बताइन् । पदाधिकारी रिक्त हुँदा विश्वविद्यालयको सामान्य गतिविधिसमेत ठप्प भयको भन्दै उनले विवेकहीन शिक्षा मन्त्रीले रजिनामा दिनु पर्ने बाताइन ।

नेबिसंघ निवर्तमान केन्द्रिय सदस्य नवराज त्रिपाठीले २४ घण्टा भित्र पदाधिकारी नियुक्ती नगरे शिक्षा मन्त्रीलाई मन्त्री क्याटरमै लक डाउन गर्ने चेतावनी दिए ।

कार्यक्रममा नेबिसंघका नेता गोपी सिवाकोटी, उमेश थापा मगर , मनिष सिम्खडा , कर्ण ओली , राजन बुर्लाकोटी , निरन्जन शाही , प्रनील तामाङ , अर्बत खड्का , कृष्ण पुडासैनि , सुसान्त तामाङलगायतको उपस्थिति थियो । कार्यक्रम एनसिआटी इकाइ अध्यक्ष सरोज थापाको सभापतित्वमा भयको थियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार