दाजुभाईको राशीअनुसार राखीको रंग छनौट गर्नुहोस्, कुन राशीलाई कस्तो रंग ?

धर्म/ज्योतिष

एजेन्सी । श्रावण महिनाको शुक्ल पक्षको पूर्णिमा तिथिमा रक्षाबन्धन वा जनै पूर्णिमाको पर्व मनाइन्छ । कसै कसैले यसलाई क्वाँटी पूर्णिमा पनि भन्दछन् । यो दिन दिदीवहिनीले दाजुभाईलाई रक्षाबन्धन (राखी) बाँध्ने चलन पनि नेपालमा भित्रिइसकेको छ । यसपटक यो पर्व साउन महिनाको १९ गते सोमबार परेको छ ।

ज्योतिषहरूकाअनुसार यो दिन यसपटक २९ वर्षपछि कयौं शुभ योगको संयोग परेको छ । यो दिन पूर्णिमाको हिसावले साउनको अन्तिम सोमबार हो, यो उत्तरषाढा नक्षत्रमा परेकाले यसले सूर्य, शनिको सप्तम योग, प्रिती योग, आयुष्मान योग, सर्वार्थसिद्धी योग र सोमबारे पूर्णिमाजस्ता शुभयोगको महायोग परेको छ । यसमा यदी तपाईले राशीअनुसार मिलाएर रंगको छनौट गरी दाजुभाईको नारिमा रक्षाबन्धन बाँध्नु भयो भने दाजुभाईको मात्र होइन स्वयं तपाईको पनि रक्षा हुने बताइएको छ ।

आउनुस् थाहा पाऔं कुन राशीलाई कस्तो रंगको राखी बाध्दाँ शुभ हुन्छ : –
मेष र बृश्चिक राशी : – मेष र बृश्चिक राशीको स्वामी मंगल हुन् । यी राशीका लागि रातो रंग उपयुक्त हुन्छ । यसले उनीहरूको जीवनमा उर्जा भर्ने काम गर्छ ।

बृष र तुला : – बृष र तुला राशीको स्वामी शुक्र हुन् । यी राशीका दाजुभाईका लागि यीनका दिदीवहिनीले सिल्वर वा गुलावी रंगका राखी बाँधुन् । यसले उनीहरूका जीवनमा सुखद् परिणाम दिनेछ ।

मिथुन र कन्या : – मिथुन र कन्या राशीको स्वामी बुध हुन् । यसकारण यी राशीका दाजुभाईका नारिमा हरियो रंगको राखी उत्तम हुन्छ । यसले जीवनमा सुख, समृद्धी ल्याउने छ ।

कर्कट राशी : – यो राशीको स्वामी चन्द्रमा हुन् । यसैले यस राशीका दाजुभाईलाई सेतो वा गुलाबी रंगको राखी बाँध्नु उत्तम हुन्छ । यी राशीले यो दिन सेतो रंगको वस्तु पनि दान गरुन, जसले उनीहरूको जीवनमा खुसियाली ल्याउनेछ ।

सिंह राशी : – सिंह राशीको स्वामी सुर्यदेव हुन् । यसकारण यो राशीका दाजुभाईलाई सुन्तला वा सुनौलो रंगको राखी बाध्नु उत्तम हुन्छ । यसले उनीहरूको जीवनमा आरोग्य र दिर्घायु ल्याउनेछ । तपाईहरू दुवैको जीवनमा प्रेमभाव पनि रहिरहनेछ ।

धनु र मिन राशी : – धनु र मिन राशीका स्वामी बृहस्पति देव हुन् । यसैले यस राशीका दाजुभाइृलाई केशरी वा पहेलो रंगको राखी बाध्नु उत्तम हुन्छ । यसले तपाई र दाजुभाईको जीवनमा खुसियाली ल्याउनेछ ।

मकर र कुम्भ राशी : – मकर र कुम्भ राशीका स्वामी शी देव हुन् । त्यसैले यस राशीका दाजुभाईका लागि गाढा वा निलो रंगको राखी बाध्नु उपयुक्त हुन्छ । यस्तो गरेका दाजुभाई र दिदीवहिनीकाबीच नाता अटुट रहने विश्वास गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार