प्रशंसा एउटा रोग हो भने प्रश्न र आलोचना औषधि

बिचार

प्रशंसा एउटा रोग हो, गर्ने पनि रोगी, गराउने पनि रोगी । कुयोगले यो रोग हरेक समय सत्ताको केन्द्रमा रहदै आएको छ । पहिले राजदावारमा मानिस चाकरीमा जान्थे, कविहरू हुन्थे प्रशस्तीमा कविता रच्थे, गायकहरू प्रशंसाका गीत रच्थे सुनाउँथे, राजा खुसी भएर यस्ता मानिसलाई सुनका असर्फी, गहना तथा धन –सम्पती बक्सिस दिन्थे ।

राजाको युग सकियो, लोकतान्त्रिक गणतन्त्रको युग आयो तर, न सत्ताको मूल चरित्र बदलियो न त चाकरीबाट लाभ लिने मानिसको स्वभाव बदलियो । आफ्नो सुविधाअनुसार तपाई अवसर र शुल्कको हिसावले ‘प्रशंसा’ शब्दलाई ‘चाप्लुसी’ ले रिप्लेस गर्न सक्नुहुन्छ । आलोचनात्मक टिप्पणी गर्नु भनेको त शत्रुतालाई निम्ता गर्नुजस्तो भएको छ ।

अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको सबैभन्दा ठूलो उपहार हो । यो स्वतन्त्रताले हामीलाई जिम्मेवार व्यक्तीसंग प्रश्न गर्ने अधिकार दिन्छ । स्वस्थ लोकतन्त्रमा ‘प्रश्न’ र ‘आलोचना’ औषधिजस्तै हुन्छ । यसले सरकार र जिम्मेवार व्यक्तिमा अंकुशको काम गर्छ । स्वस्थ आलोचना उनीहरूलाई सजग र सधैं चेतनस्थितिमा रहन सिकाउँछ । तर, यीनै कुरा जब दुरुपयोग हुन सुरु हुन्छ अवस्था निक्कै खराव हुन्छ ।

मुन्सी प्रेमच्नले आफ्नो एउटा लेखमा ‘जीवन र साहित्यमा घृणाको स्थान’ मा सुझाव दिदैं लेखेका छन् ‘यदी दया, करुणा, प्रशंसा र भक्तीको दुरुपयोग हुन थाल्यो भने दुर्गुणमा परिणत हुन्छ । अन्धो दयाले आफ्नो पात्रलाई पुरुषार्थहीन बनाउँछ, अन्धो करुणाले लाछी, अन्धो प्रशंसाले घमण्डी, अन्धो भक्तीले धूर्त बनाउँछ ।’ यही निवन्धमा प्रेमचन्द भन्छन् ‘निन्द्रा, रिस र घृणा मानिसका दुर्गुण हुन् तर यही दुर्गुण मानिसको जीवनबाट निकाल्दिने हो भने संसार नर्क हुन्छ ।’

यो निन्द्रनै हो जसको डरले दुराचारिहरूमा अंकुश लगाउँछ । यो रिसनै हो जसले न्याय र सत्यको रक्षा गर्छ । यो घृणानै हो जसले पाखण्ड र धूर्ततालाई दमन गर्छ । निन्द्रको डर, रिसको आतंक, घृणाको धाक नहुने हो भने जीवन विश्रृंखल हुन्छ र समाज नष्ट हुन्छ ।’

भनिन्छ प्रशंसाको घाउ धेरै गहिरो हुन्छ, तर यो मानिसको भनाईमै सीमित छ, अब यसको कुनै अर्थ छैन । ‘आत्ममुग्धता’ यो समयको सबैभन्दा ठूलो पूँज ीबनेको छ । प्रशंसाले अब घाउ बनाउँदैन तपाईको सोच्ने तरिका वदलिदिन्छ । मस्तिष्कमा ‘स्टिरियो’ बनाइदिन्छ । प्रशंसा, आलोचना, प्रश्न, र टिप्पणीका सन्दर्भमा जुन भूमिका म बमधिरहेको छु, त्यसको केन्द्रमा आजको भारतीय मिडिया छ ।

कुनै माध्यबाट हद्भन्दा ज्यादा प्रशंसा हुन थाल्यो भने बुझ्नुस् त्यहा जानीबुझी एउटा काल्पनिक छवि रच्ने प्रयास हुदैछ । यसमा अरू पनि हुन्छन् जस्तो यो सबै कुनै एजेंण्डाहरूमार्फत हुन्छन् । सञ्चार सिद्धान्तहरूमा भएको ‘एजेण्डा सेटिङ थ्योरी’ ले मिडियाको यस्तै चरित्रलाई देखाउँछ । यसकामार्फत समाचारका क्रमलाई व्यक्ति, समूह वा राजनीतिक दलको हितका आधारमा सेट गरिन्छ । यस्तोमा न्यूज सेन्सका आधारमा क्रम निर्धारणको कुनै अर्थ हुदैन ।

जुन कुरालाई अघि बढाउनु हुन्छ, त्योसंग सम्वन्धित समाचारलाई मिडियाले फेकस गर्छ, क्रममा त्यसलाई अगाडि पारिन्छ । जुन समाचारलाई महत्व दिनु छैन भने त्यसलाई सबैभन्दा पछि पारिन्छ वा राख्दै राखिदैन । ‘एजेण्डा सेटिङ थ्योरी’ का अनुसार जुन समाचारहरू क्रममा पछाडि पारिन्छन् वा त्यसको प्रस्तुती कमजोर गरिन्छ, लक्षित पाठक–श्रोताको मानसपटलमा त्यसको प्रभावोत्पादकता कम हुन्छ ।
संसारको सबैभन्दा घातक लडाकू विमानहरूमा मसहुर राफेलको पहिलो लट बुधबार भारत आयो । यो खुसीको कुरा हो, राफेल भारतीय सेनामा सामेल हुँदा देशको सुरक्षामा मजबुत हुन्छ, हाम्रो सेना अझै बलियो हुन्छ ।

यो नियमित काम हो, विमानको सम्झौता भइसकेको थियो, त्यो भारत आउनै पर्ने थियो । तर, विमानको ल्याण्डिङदेखि नै सोसम्वन्धि समाचारलाई सनसनी बनाएर उत्तेजनात्मक ढंगले पेश गर्नुले भारतीय टिभी मिडियाको पक्षपाती छविलाई उजागर गर्दछ । यसो गर्नु त्यसतबेला जायज हुन्थ्यो, जब यो राफेल भारतमै बनेको हुन्थ्यो ।

‘प्रश्न’ भारतीय मिडियाबाट हराइसकेको छ । देश कयौ संकटसंग लडिरहेको छ । कोरोना महामारीले अर्थव्यवस्था धारासायी हुँदा युवाहरूको रोजगारी खासिएको छ । स्वास्थ्य व्यवस्थाको अवस्था मिडियामा एउटा र वास्तविकता अर्को छ । बिहार कोरोना, स्वास्थ्य व्यवस्था र बाढीको मार झेलीरहेको छ । असममा पनि बाढीको भयावह स्थिति छ । यो सबै मुद्दा मिडियाको केन्द्रमा हुनु पर्थ्यो तर यस्तो छैन । यसले व्यवस्था जनित विसंगतीहरूलाई उजागर गर्थ्यो, सरकारलाई सचेत गराउथ्यो, यसले सरकारी मेसनरीको सक्रियता बढाउथ्यो । तर, यस्तो भइरहेको छैन ।

टिभीमा बहसको नाममा विष वमन हुँदैछन् । बहुदलिय व्यवस्थामा आफ्नो राजनीतिक विचारधाराको आधारमा एकअर्काको आलोचना हुनु एक हदसम्म ठिकै हो तर, अब आलोचनाको स्थान रिक्त हुँदैछन् । मानिस पक्ष, विपक्ष नभएर एकअर्काका शत्रु भइसकेका छन् ।
‘टिआरपी’का लागि टिभीमा दैनिक युद्धजस्ता स्थिति जानजानी बनाइन्छन् । यहाँसम्मकी मानिस टिभीमा एकअर्कालाई आमा, दिदीवहिनीको नाम लिएर गाली दिन पनि कुनै कसर बाँकी राखेका छैनन् । मिडिया कभरेजमा आमूल–चूक भएको छ ।

मिडिया समाज केन्द्रीत नभएर व्यक्ति केन्द्रीत हुँदै गइरहेको छ । कुनै नाटकीय र अतिरञ्जनाकासाथ कार्यक्रम प्रस्तुत गरेर दर्शक लोभ्याउने प्रयास भइरहेको छ । यो ठिकै हो की मिडिया चौथो अंग हुँदा हुँदै एउटा व्यवसाय पनि हो । त्यसैले उसले आफ्नो व्यवसायिक हितअनुसारै काम गर्नु पर्दछ । तर, वर्तमान अवस्थामा मिडियाको जुन चरित्र छ, त्यो हाम्रो समुन्ने छ र त्यो विभत्स छ ।

समाचारलाई रोचक बनाउन सकारात्मक उपाय अबलम्वन गरिनु गलत होइन तर त्यसलाई विभत्स बनाएर, उत्तेजना भरेर र अमर्यादित भाषाको प्रयोग गरिनु निन्दनीय मात्र होइन आपाराधिक पनि हो । (अमरउजालाबाट)

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार