‘बल्ल बल्ल भेट भो’ मा निरञ्जली र दयाको रोमान्स (भिडियोसमेत)

कला/ साहित्य

काठमाडौं । दिपा लामा र तेम्बा शेर्पाको आवाजमा समावेश ‘बल्ल बल्ल भेट भो’ बोलको गीतको भिडियो रिलिज गरिएको छ । दिपक शर्माको यो गीतमा शब्द तथा संगीत छ । भिडियोमा नायक दयाहाङ राईको साथमा मोडल निरञ्जली लामा, क्षितिज सुवेदीको अभिनय छ ।

कविराज गहतराजको कोरियोग्राफी रहेको भिडियोमा सुदिप बरालको छायांकन छ । ध्रुवराज पराजुलीको सम्पादन रहेको यो भिडियोमा मिलन चाम्सको निर्देशन छ ।

यो भिडियोमा नायक दयाहाङ राइलाई फरक गेटअपमा प्रस्तुत गरिएको छ । नृत्य गर्नका लागि निकै नै सकस मान्ने दयाले यो गीतमा निराञ्जलीसँग खुलेरै नृत्य गरेका छन् । भिडियोमा दया र निराञ्जलाको रोमान्स, दयाको चुलबुले बानीलाई प्रस्तुत गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार