९ महिने शिशुसहित थप २३ जनामा कोरोना संक्रमण

ब्यानर

काठमाडौं । शनिबार बझाङमा थप २३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक प्रयोगशाला धनगढीमा गरिएको पीसीआर परीक्षणमा मष्टा, छविसपाथीभेरा, दुर्गाथली, थलारा गाँउपालिका र जयपृथ्वी नगरपालिकाका २३ जनामा कोरोनाको संक्रमण देखियो हो ।

थलारा गाँउपालिकामा ९ महिने शिशुसहित ३४,२२,१९,१५ वर्षीया महिला र १९, ३४, २३, १५ र २१ वर्षीय पुरुष गरी १० जनामा कोरोना संक्रमण देखिएको छ । यस्तै, छविसथाथीभेरा गाँउपालिकाका २६ र १८ वर्षीय पुरुष र ३५ वर्षीया महिला गरी ३ जनामा कोरोन संक्रमण देखिएको छ ।

त्यसैगरी, मष्टा गाँउपालिकाका  ६ वर्षीया बालिका र ४ वर्षीय बालक गरी २ जना, दुर्गाथली गाँउपालिकाका ५ वर्षीया बालिका, २५ वर्षीया महिला र २२ वर्षीय पुरुष गरी ३ जना र जयपृथ्वी नगरपालिकाका २०, २३, २१, १८ र २२ वर्षीय ५ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको सेती प्रादेशिक प्रयोगशाला धनगढीले जनाएको छ ।

यसअघि शुक्रबार केदारस्युँ गाउँपालिकाका २५ जना, छबिसपाथिभेरा गाँउपालिकाका १ जना र मष्टा गाँउपालिकाका १ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै बझाङमा हालसम्म कोरोना संक्रमित हुनेको संख्या २ सय २२ पुगेको छ ।

स्वास्थ्य कार्यालय बझाङका कोरोना फोकल पर्सन नारायण जोशीका अनुसार कोरोना संक्रमितहरू थपिएसँगै निको हुनेको संख्या पनि क्रमशः बढिरहेको छ । हालसम्म बझाङमा १ सय ६६ जना निको घर फर्किसकेका छन् ।

बुंगल नगरपालिका ३ का ६५ वर्षीय वृद्धको मृत्युपछि कोरोना संक्रमण देखिएको थियो भने खप्तडछान्ना गाउँपालिका ७ का १ कोरोना संक्रमित युवकले क्वारेन्टाइनमै आत्महत्या गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार