भारतको राज्यसभा सदस्य अमर सिंहको निधन

अन्तराष्ट्रिय

एजेन्सी । भारतीय उपल्लो सदन राज्यसभाका सांसद अमर सिंहको शनिबार सिंगापुरको एक अस्पतालमा निधन भएको छ । लामो समयदेखि अस्वस्थ रहेका उनको सिंगापुरको एक अस्पतालमा उपचार भइरहेको थियो ।

२७ जनवरी १९५६ मा अलिगढमा जन्मेका सिंहले कोलकाताको सेन्ट जेभियर्स कलेजबाट कानुन विषयमा स्नातकत्तोर गरेका थिए । पहिलो पटक १९९६ मा राज्यसभा सदस्यमा चुनिएका सिंह आफ्नो राजनीतिक जीवनमा कतिपय संसदीय समितिको सदस्यसमेत रहेका थिए ।

एक समय उनलाई समाजवादी पार्टीको वरिष्ठ नेता मानिन्थ्यो । उनलाई समाजवादी पार्टीका संस्थापक मुलायम सिंह यादवको अत्यन्त नजिकको मान्छे मानिन्थ्यो । तर, आफ्नो राजनीतिक जीवनको सुरुवात भने कांग्रेसबाट गरेका थिए । राजनीतिक जीवनमा कयौं पार्टी प्रवेश गर्दै निश्कदै गरेका सिंह इन्डियन एयरलाइन्स र स्टेट बैंक अफ इन्डियाका निर्देशकसमेत भएका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार