ओलीलाई देउवाको सुझाव, मास्क प्रयोग अनिवार्य गराउनुस्

ब्यानर

serbadur dauba

काठमाडौं । प्रमुख प्रतिपक्षि दलका नेता एवम् पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले मास्कलाई कडाईका साथ अनिवार्य गर्न सुझाव दिएका छन्।

बालुवाटारमा आज विहान प्रधानमन्त्री केपी ओलीले जनस्वास्थ्यविज्ञ र प्रतिपक्षी दलका नेताहरुसँग गरेको छलफलका क्रममा देउवाले कोही पनि बाहिर हिंड्दा, अरुसँग भेट्दा मास्कले नाक मुख छोप्नै पर्ने नियम अनिवार्य गरिनुपर्ने बताएका हुन् ।

‘लकडाउन गर्नेरनगर्ने समुदायमा संक्रमणको स्तर अनुसार गर्न सकिन्छ,’ देउवाले भने, ‘तर हरेकलाई सामाजिक दूरी कायम गर्न र मास्क अनिवार्य गर्न कडाई गर्नुपर्‍यो। मुख छोपेर हिँड्न बानी पार्नु पर्‍यो।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार