पाकिस्तानले पनि जम्मू–कस्मिर र लद्दाखलाई समेटेर जारी गर्यो नक्सा

अन्तराष्ट्रिय

pakistan map

एजेन्सी । पाकिस्तानी मन्त्रिपरिषदले देशको नयाँ नक्सालाई स्वीकृत गरेको छ, जसमा जम्मू–कस्मिर–लद्दाख–जूनागढलाई पाकिस्तानको भूभाग देखाइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री इमरान खानले मंगलबार स्वयं यसको जानकारी दिदैं मन्त्रिपरिषदको यो निर्णयको विपक्षी दलसहित सबै पक्षले स्वागत गरेको बताए ।

प्रधानमन्त्री इमरान खानले भने ‘पाकिस्तानले जारी गरेको नयाँ राजनीतिक नक्साले पाकिस्तानी जनताको उमंगको प्रतिनिधित्व गर्दछ । पाकिस्तान र कस्मिरी जनताको सैद्धान्तिक विचारधारालाई समर्थन गर्दछ ।’ उनले भने ‘भारतले गत वर्ष ५ अगस्तमा कस्मिरमा जुन कदम चालेका थिए, यो नक्साले त्यसलाई अस्वीकार गर्दछ ।’

प्रधानमन्त्री इमरान खानले भने ‘पाकिस्तानको विद्यालय, क्याम्पस, र सबै सरकारी कार्यालयमा यही आधाकारिक नक्सा हुनेछ, जुन मंगलबार पाकिस्तानी मन्त्रिपरिषदले स्वीकृत गरेको छ ।’

भारतको प्रतिक्रिया
भारतले पाकिस्तानले जारी गरेको नयाँ राजीतिक नक्सालाई खारेज गर्दै भनेको छ ‘यसमा न कुनै कानुनी वैधता छ न त अन्तर्राष्ट्रिय विश्वासनीयता ।’ भारतीय विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै भनेको छ ‘ हामीले पाकिस्तानको तथाकथित राजनीतिक नक्सा देखेका छौं, जसलाई इमरान खानले जारी गरेका छन् । यसले भारतीय राज्य गुजरात र हाम्रो केन्द्र शासित प्रदेशहरू जम्मू–कस्मिर र लद्दाखको क्षेत्रमा आधारहीन दावी गरिएको छ । यो राजनीतिक मुर्खतामा उठाइएको कदम हो । यो हास्यास्पद दावीमा न कानुनी वैधता छ, न त अन्तर्राष्ट्रिय विश्वासनीयता । सत्य त के हो भने सीमा पार आतंकवादद्वारा क्षेत्र विस्तार गर्ने पाकिस्तानी मनसुवालाई यसले उजागर गरेको छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार