कार्वनडाइअक्साइडबाट हैरान विश्वलाई शुभ समाचार, अब बहुमूल्य एथिलिनमा बदलिन सकिने

विज्ञान प्रविधि

carbandaiacsaid-400x220

एजेन्सी । कार्वनडाइअक्साइडको विषयमा वैत्रानिकहरूले एउटा उपलब्धि हात पारेका छन् । अब वैज्ञानिकहरूले कार्वडाइअक्साइडजस्तो ग्रिनहाउस ग्यासलाई एथिलिनमा सजिलै बदल्न सक्नेछन् । यसले एद्योग र देशहरूलाइृलाई जिवाश्म संसाधाधनप्रतिको निर्भरता घटाएर फाइदा पुर्याउनेछ ।

अमेरिकाको क्यालिफोर्निया – लसएजेल्स व्श्विविद्यालयका स्यामुली स्कूल अफ इञ्जिनियरिङका शाधकर्ताहरूको एउटा टोलीले कार्वनडाइअक्साइडलाई एथिलिनमा बदल्न सकिने प्रविधिको प्रदर्शन गरेका छन् । अब यसको सहयोगले विश्वलाई हैरान पारेको कार्वनडाइअक्साइड बढदो उत्सर्जनलाई सदुपयोग गरी वहुमूल्य पदार्थ एथिलिनमा धेरै कम मूल्यमा वदलिन सकिनेछ ।
यो चुनौतीलाई यसले समाधान गर्नेछ

यस अध्ययनका वरिष्ठ लेखक तथा युसिएलएमा मेटेरियल साइन्स एण्ड इञ्जिनियरिङका प्रोफेसर युह्वाङ्गकाअनुसार पृथ्वीमा जिवाश्म इन्धन समाप्त हुने स्थितिमा छ । यसवाहेक जलवायु परिवर्तनले पनि कयौं चुनौती थपि दिएको छ । यो अध्ययनले यसको समाधानमा सहयोग गरेको छ ।

प्रोफेसरले यस्तो पदार्थको प्रभावकारी ढंगले गिूनहाउस ग्यासलाई एउटा मूल्य वढाउने इन्धन र रसाइनिक फिडस्टकमा बदल्न सकियो भने ग्लोबल वार्मिङ घटाउन धेरै महत्वपूर्ण कदम सावित हुनेछ । यसले जिवाश्म इन्धप्रतिको निर्भरता घटाउनेछ । यसको एकीकृत प्रयोग र सैद्धान्तिक विश्लेषण कार्वनडाइअक्साइडको उपयोगका लागि एउटा कोसेढुंगा हुनेछ ।

अहिले विश्वमा एथिलिन ग्यासको उत्पादन १५८ मिलियन टन छ । यसको धेरैजसो प्रयोग पोलिथिन बनाउन गरिन्छ । एथिलिन हाइड्रोकार्वनजस्ता प्राकृतिक ग्यासले बनाइन्छ । प्लास्टिक प्याकेजिङका लागि एथिलिनको धेरैजसो प्रयोग गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार