कोरोनाको औषधि बेच्न अनुमति, प्रेस्किप्सन अनिवार्य

विज्ञान प्रविधि

corona_medicine_20765548-400x220

एजेन्सी । रुसले कोरोना भाइरसको हल्का तथा मध्यम लक्षण देखिएकाहरूलाई ‘कोरोनाभिर’ नामक औषधि बेच्न अनुमति दिएको छ । आगामी सातादेखि चिकित्सकको प्रेस्किप्सन देखाएरले ग्राहकले यो औषधि खरिद गर्न सक्नेछन् । यसअघि अस्पतालमा भर्ना भएका विरामीलाई मात्र यो औषधि दिने अनुमति दिइएको थियो ।

कोरोनाभिर आर–फर्माको औषधि हो । रुसले गत मईमै ‘एभिफेभिर’ नामक औषधिलाई पनि कोरोनाका विरामीलाई दिन अनुमति दिएको थियो । ‘कोरोनाभिर’ र ‘एभिफेभिर’ दुवै ‘फेभिपिराभिर’ को फर्मुलामा आधारित छ, जसलाई जापानले विकास गरेको हो र त्यहाँ संक्रमक विरामीका उपचारका लागि यसको प्रयोग गरिन्छ ।

आर–फर्माले कोरोनाका १६८ विरामीमा ‘कोरोनाभिर’ को तेश्रो चरणको परीक्षण गरियो । त्यसपछि मात्र यसले अनुमति पाएको हो । अस्पतालमा भर्ना भएका विरामीको उपचारका लागि यसले जुलाईमै अनुमति पाएको थियो ।

रुसले स्पुतनिक नामक कोरोनाको भ्याक्सिन पनि तयार गरेको छ । यसको उत्पादन तथा वितरणका लागि भारतको डा. रेड्डी लेबोरेटेरिजसंग पनि करार सम्झौता गरेको छ । स्पुतनिकको तेरुो चरणको परीक्षण पनि चलिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार