भारतले पब्जीसमेत ११८ चिनियाँ एप बन्द गर्यो

विज्ञान प्रविधि

114212072_049c4e45-f40b-4b5b-8c38-b5f951211e87

एजेन्सी । भारत सरकारले चीनमा विकसित ११८ एपहरूमा प्रतिवन्ध लगाएको छ, जसमा खेल एप पब्जीसमेत छ । विद्युतिय तथा सूचना, प्रविधि मन्त्रालयको तर्फबाट जारी विज्ञप्तिमा यी एपहरू यसकारण प्रतिवन्धमा परे की यीनीहरू भारतको सम्प्रभुता र अखण्डता, देशको रक्षा र लोक व्यवस्थाकाविरुद्ध गतिविधिमा लिप्त थिए ।

मन्त्रालयको विज्ञपितमा भनिएको छ ‘यो कदमले भारतको करोडौं मोवाइल र इन्टरनेट प्रयोगकर्ताको हितहरूको रक्षा हुनेछ । यो निर्णय भारतको साइवर स्पेसको सुरक्षा र सम्प्रभुताको सुनिश्चितता गर्ने उदेश्यले लिइएको हो ।’ विज्ञप्तिकाअनुसार भारत सरकारलाई यी एपहरू वारे विभिन्न श्रोतहरूबाट उजुरीहरू परेका थिए । यस्ता केही उजुरीमा इन्ड्रोइड र आइओएसमा भएका केही मोवाइल एपबाट प्रयोगकर्ताको डाटा अनाधिकृतरुपमा चोरेर भारतदेखि वाहिर रहेको सर्भरमा पठाइरहिएको छ ।

भारतले यसअघि जुन महिनामा पनि ५९ एपलाई प्रतिवन्ध लगाएको थियो, जसमा टिकटकसमेत थियो । गलवान घाँीमा चिनियाँ सैनिकबाट २० भारतीय सैनिक मारिएपछि भारतले ५९ चिनियाँ एपमा प्रतिवन्ध लगाएको थियो । त्यसपछि अर्को पटक फेरि ४७ एपहरूमाथि फेरि प्रतिवन्ध लगायो र अहिले ११८ एपहरू गरेर भारतले जम्मा २२४ चिनियाँ एपहरूमा प्रतिवन्ध लगाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार