फेसबुकले ल्याउँदैछ प्राइभेसी वारे नयाँ फिचर, के के छ त्यसमा ?

विज्ञान प्रविधि

meta-and-facebook

एजेन्सी । फेसबुक , इन्स्टाग्राम , म्यासेन्जर लगायतका लोकप्रिय सामाजिक संजालको संचालन गर्दै आएको टेक जायन्ट कम्पनी मेटाले आफ्नो प्राइभेसी पोलिसी अर्थात गोपनीयता सम्बन्धी नीतिमा परिवर्तन गर्ने भएको छ ।

बिहीबारर मेटाले प्राइभेसी पोलिसीमा परिवर्तन गर्ने घोषणा गरेको हो जस अन्तर्गत अब प्रयोगकर्ताले आफ्नो निजी डाटालाई कम्पनीले कहाँ प्रयोग गर्दै छ भन्ने थाह पाउने बताइएको छ ।

कम्पनीले जानकारी गराए अनुसार उक्त प्राइभेसी पोलिसी आगामी जुलाई २६ गते देखि लागु हुने छ । गोपनीयता नीति बाहेक फेसबुक, मेसेन्जर र इन्स्टाग्रामको सेवा अवधि पनि प्रयोगकर्ताको आवश्यकता अनुसार अपडेट गरिएको मेटाले जनाएको छ ।

मेटाले पछिल्लो समय प्रयोगकर्ताको निजी डाटालाई दुरुप्रयोग गरिरहेको भनेर अन्तर्राष्टि«य समुदायमा आलोचना खेप्दै आएको थियो । मेटाको नयाँ प्राइभेसी पोलिसी अनुसार प्रयोगकर्ताले आफ्नो डाटा कम्पनीलाई प्रयोग गर्न दिनेकी नदिने भन्ने निर्णय आफै गर्न पाउने छ्न् ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार