रुसी तेलमा प्रतिबन्ध लगाउन ईयूको प्रस्ताव

अन्तराष्ट्रिय

flag-european-union

एजेन्सी । यूरोपियन यूनियन (ईयू)ले रुसको पेट्रोलियम पदार्थमाथि प्रतिबन्ध लगाउन प्रस्ताव गरेको छ । ईयूले रुसबाट आयात हुने सबै प्रकारका तेलमाथि प्रतिबन्ध लगाउने प्रस्ताव गरेको हो ।

यस्तै, यही वर्षको अन्त्यदेखि रुसको सबैभन्दा ठूलो बैंक सबरलाई स्वीफ्ट प्रणालीबाट हटाउने प्रस्ताव समेत गरेको छ । स्वीफ्ट प्रणालीबाट हटेपछि रुसको बैंकले अन्तर्राष्ट्रिरूपमा कारोबार गर्न पाउँदैन । युरोपियन कमिशनका अध्यक्ष उरसुला वोन डेर लेयेनले बुधबार रुसमाथि छैटौं चरणको प्रतिबन्धको प्रस्ताव गरेका हुन् । यससँगै उनले भनिन्, ‘रुसमाथि सैन्य आक्रमण गरिरहेको रुसमाथि यो छैटौं चरणको आक्रमण हुनेछ ।’

‘हामीले रुसबाट आयात हुने सबैप्रकारका तेलमाथि प्रतिबन्धको प्रस्ताव गरेका छौं,’ उनले यरोपको संसदमा बोल्दै भनिन्, ‘यो प्रस्ताव सहज छैन । तर, यो निर्णय आवश्यक छ ।’ युरोपले तेल किन्न छाडेसँगै रुसमाथि ठूलो आर्थिक दबाब पर्छ । जसकारण, युद्ध रोकिन सक्ने उनको आँकलन छ ।

यो प्रस्तावलगत्तै विश्व बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्य बढ्न थालेको छ । यूरोका सबै सदस्य राष्ट्रले प्रस्ताव पारित सम्बन्धी छलफल नगर्दै कच्चा तेलको मूल्य कम्तिमा २।४ प्रतिशतले बढेको छ । छिमेकी मुलक युक्रेनमा रुसले हमला सुरू गरेयता अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रतिब्यारेल ४० प्रतिशतले बढेको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार