इन्स्टाग्राममा कसरी बढाउने फलोअर्स ?

विज्ञान प्रविधि

instagram-news

एजेन्सी । इन्टरनेट आएसँगै सूचना प्रविधिको क्षेत्रमा ठूलो क्रान्ति आएको छ । यसले विश्वलाई भर्चुअल आयाममा ढालेको छ ।

अहिले विश्वका करोडौं मानिसहरूले इन्टरनेटको प्रयोग गरिरहेका छन् । इन्टरनेटमा सोसल मिडियाले एउटा यस्तो डिजिटल पर्यावरणको निर्माण गरेको छ जहा तपाईं एक अर्कासँग भर्चुअल्ली अन्तरक्रिया गर्न सक्नुहुन्छ ।

अहिले फेसबुक, इन्स्टाग्राम तथा युट्युब जस्ता सोसल मिडिया प्लाटर्फमका प्रयोगकर्ताको संख्या करोडौं छ । फोटो शेयरिङ एप इन्स्टाग्राम खासगरी युवापुस्ता तथा सेलिब्रेटीहरू माझ निकै लोकप्रिय छ । इन्स्टाग्राममा आफ्ना अनुगामी अर्थात् फलोअर्सहरुको संख्या बढाउने चाहना सबैको हुन्छ । तर इन्स्टाग्राममा फलोअर्स कसरी बढाउने त रु यसका लागि तपाईंले केही उपाय अपनाउनुपर्दछ स्

यदि तपाईं पनि आफ्नो इन्स्टाग्राम अकाउन्टमा फलोअर्स बढाउन चाहुनुहुन्छ भने सबैभन्दा पहिले तपाईंले इन्स्टाग्राम अकाउन्टमा यस्ता रिल्स तथा भिडियोहरु बनाएर हाल्नुहोस् जसलाई मानिसहरूले धेरै मन पराउने सम्भावना हुन्छ ।

आजभोलि इन्स्टाग्रामको टिकटक भनेर चिनिने भिडियो फिचर रिल्स निकै तीव्ररुपमा लोकप्रिय बनिरहेको छ । मानिसहरू इन्स्टाग्राममा घण्टौंसम्म रील्स भिडियो हेर्ने गरेका छन् । तपाईंले रील्समा चलिरहेको ट्रेण्डलाई पक्रिएर रील्स तथा भिडियोहरु इन्स्टाग्राममा अपलोड गर्नुपर्दछ ।

आफ्नो इन्स्टाग्राम अकाउन्ट प्रोफाइललाई आकर्षक बनाउनु पर्दछ । यसले इन्स्टाग्राममा अन्य मानिसलाई आकर्षित गर्दछ र तपाईंलाई फलो गर्ने सम्भावना हुनछ । आफ्नो इन्स्टाग्राममा नियमित रुपमा रिल्स या भिडियोहरु बनाएर अपलोड गर्नुहोस् ।

भिडियो वा रिल्सलाई इन्स्टाग्राममा अपलोड गर्दा त्यसमा ह्यासट्यागको अनिवार्य प्रयोग गर्नुहोस् । यसो गर्दा तपाईंले रिल्स वा भिडियो हेर्नेको संख्या धेरै हुन्छ । साथै भिडियो ट्रेण्डिङ हुने सम्भावना पनि बढ्दछ ।

यसका अलावा धेरै मानिससम्म आफ्नो इन्स्टाग्राम भिडियो वा रील्स पुर्याउनका लागि तपाईंले ट्रेण्डिङ टपिक चयन गर्नुपर्दछ । ट्रेण्डिङ टपिकसँग सम्बन्धित भिडियोहरू मानिसले धेरै हेर्दछन् । यदि तपाईंले इन्स्टाग्राममा माथि उल्लेखित तरिकाहरू अपनाउनुभयो भने तपाईंको इन्स्टाग्राम अकाउन्टमा फलोअर्सको संख्या उल्लेख्य रुपमा बढ्नेछ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार