यस्तो पनि छ कानुन : जहाँ ननुहाइकन सुत्न पाइँदैन

रोचक समाचार

bathing

एजेन्सी । संसारमा हरेक देशले आ(आफ्ना नीति नियम तथा कानून बनाएर लागू गरेका हुन्छन् । कानुनहरू समाजमा शान्ति र व्यवस्था कायम गर्न तथा मानिसहरूको जीउ, धन, स्वतन्त्रताको रक्षाका साथै सुविधाका लागि हुन्छन् । कानुनको उल्लंघन गर्नु दण्डनीय हुन्छ र उल्लंघनकर्ताले सजाय भोग्नुपर्दछ ।

तपाईंले विभिन्न देशका अनौठा कानुनहरूको बारेमा सुन्नुभएकै छ होला । कतिपय कानुन त यस्ता पनि हुन्छन् जसका बारेमा सुन्दैमा हाँसो उठ्छ । कुनै देशमा अण्डरवेयरले गाडी पुछ्न पाइँदैन त कहीँ रातमा ननुहाइकन ओछ्यानमा सुत्न पाइँदैन ।

यद्यपि यस्ता धेरै कानुनहरूको पालना खासै हुँदैन र ती मृतप्रायः भैसकेका छन् । तथापि ती कानुनहरू यद्यपि खारेज गरिएको छैन । अमेरिकाको सनफ्रान्सिस्को यस्तो ठाउँ हो जहाँ कानुनतः अण्डरवेयरले गाडी पुछ्न तथा सफा गर्न पाइँदैन । यदि यस्तो गरेको पाइएमा जरिमाना गरिन्छ ।

अमेरिकाको म्यासाचुसेट्समा पनि यस्तै अनौठो कानुन छ । त्यहाँ रातमा ओछ्यानमा सुत्न जानु अगाडि अनिवार्य रुपमा नुहाउनु पर्दछ । ननुहाइकन सुत्न जानुलाई गैरकानुनी मानिन्छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार