धेरै अपानवायु छाडेपछि अन्तरीक्ष स्टेशनमा अनौठो गन्ध

रोचक समाचार

antariksha-yatri

एजेन्सी । अन्तराष्ट्रिय अन्तरीक्ष केन्द्रमा निकै दुर्गन्ध फैलिएको छ । मासु ग्रिल गर्दा बढि डढेर बिग्रिएको जस्तो गन्ध त्यहाँ फैलिएको छ ।

स्पेस स्टेसनमा त्यसरी गन्ध फैलिनुको कारण अन्तरीक्षयात्रीले खानका लागि लगेको मासु कुहिएर भने होइन । वास्तवमा अन्तरीक्षयात्रीले धेरै अपानवायु छाड्न थालेपछि त्यसरी गन्हाएको हो ।

अन्तरीक्षमा १ सय ८६ दिन बिताएका अन्तरीक्षयात्री टिम पिकले स्पेस स्टेशनको दुर्गन्धको खुलासा गरेका हुन् ।

एक पडकास्टका क्रममा ८ वर्षीय बालकले सोधेको प्रश्नको जवाफ दिने क्रममा उनले अन्तरीक्षयात्रीहरुले पृथ्वीमा भन्दा अन्तरीक्षमा धेरै अपानवायु छाड्ने र सोही कारण स्पेस स्टेशनमा अनौठो गन्ध आउने खुलासा गरे ।

Dirty Mother Pukka पडकास्टका क्रममा उनलाई सोधिएको थियो स् तपाइँले हेलमेट लगाइरहेको बेलामा डकार्नु कस्तो हुन्छ ?

त्यसको जवाफ दिने क्रममा उनले अन्तरीक्षमा मानिसलाई डकार नै नआउने अनौठो खुलासा गरे ।

उनका अनुसार अन्तरीक्षमा खानेकुरा खाएपछि त्यसको पाचन प्रक्रिया जारी रहँदा पेटमा उत्पन्न हुने ग्यास सरीरमा अन्ननलीबाट माथितर्फ आउँदैन । यसको अर्थ पेटको ग्यास छाड्ने एउटामात्रै बाटो भनेको मलद्वार नै हो ।

उनले स्पेस स्टेशनमा निकै असाधारण दुर्गन्ध हुने गरेको पनि खुलासा गरे । स्पेस स्टेशनमा फैलिएको पादको गन्ध ग्रिल गर्दा डढेको मासुको जस्तो तिखो तथा निकै नमिठो हुने गरेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार