गर्भपतन कानुनको शिकार हुने यी हुन् विश्वका चर्चित ६ महिला . . .

अन्तराष्ट्रिय

jjk_1656215442

एजेन्सी । अमेरिकाको सर्वोच्च अदालतले शुक्रबार एक फैसलामा महिलाको गर्भपतन गर्ने संवैधानिक अधिकारलाई खारेज गरेको छ । यो निर्णयले ४९ वर्ष पुरानो रो भर्सेज वेड मामिलामा सर्वोच्च अदालतको निर्णयलाई उल्टाएको छ।

४९ वर्षअघि देखि महिलालाई गर्भपतनको अधिकार दिइएको थियो । यो अधिकार खोसिएपछि अमेरिकाका धेरै सहरमा र्‍याली र प्रदर्शन भइरहेका छन् । सिकागो, एटलान्टा, ह्युस्टन र अन्य शहरहरूमा गर्भपतन अधिकारको समर्थनमा सयौं मानिसहरू भेला भएर यसको विरोध गरे। अमेरिकामा यो समस्या गहिरो हुँदै गइरहेको छ किनभने हरेक वर्ष गर्भपतनका कारण धेरै महिलाको मृत्यु हुने गरेको छ । कानून र चिकित्सकको लापरवाहीका कारण ज्यान गुमाएका विश्वका केही यस्ता महिलाको बारेमा जानौं ।

सविता हलप्पानावर, आयरल्याण्ड
भारतीय मूलकी सविता हलप्पनवरको ६ वर्षअघि आयरल्याण्डमा गर्भपात गर्न चाहेकी थिइन् । तर, कडा क्याथोलिक कानूनका कारण पटक–पटक गर्भपतनको माग गरिरहेकी सविताले त्यसो गर्न पाएनन् । जसका कारण उनको मृत्यु भयो । सविताको भ्रूण जिउँदो भएकाले डाक्टरले गर्भपतन गर्न अस्वीकार गरेको उनका श्रीमानले बताउँछन् ।

सविताका श्रीमान् प्रवीणले भन्छन् ,‘‘सुरुमा उनी गर्भवती भएपछि निकै खुसी थिइन्, तर पछि उनलाई असाध्यै पीडा हुन थाल्यो र यस्तो अवस्थामा उनले गर्भपतन गर्न आग्रह गरिन् तर गल्वे अस्पतालले क्याथोलिक कानुन भएको देशमा गर्भपतन असंम्भव भएको भन्दै अस्वीकार गरिदियो । सन् २०१२ मा आयरल्याण्डमा कानुनी अवरोधका कारण गर्भपतन गर्न नपाएरै उनले ज्यान गुमाइन् ।
प्रवीणका अनुसार सविताले डाक्टरलाई आफू क्याथोलिक नभई हिन्दू भएकाले क्याथोलिक कानुन नलाग्ने बताएकी थिइन् । यस्तो अवस्थामा डाक्टरले माफी मागेर भने– दुर्भाग्यवश यो क्याथोलिक देश हो र यहाँको कानून अनुसार हामी जीवित भ्रूणको गर्भपात गर्दैनौं । प्रवीणले भने, ‘सविताको मुटुको धड्कन तिव्र गतिमा बढ्दै गएको भन्दै मलाई २०१२ अक्टोबर २४ मा फोन आयो । त्यसपछि अवस्था बिग्रँदै गएपछि काम गर्न छाडेकी थिइन् । सविताको कात्तिक २८ गते आइतबार निधन भयो ।

ओल्गा रेयेस, निकारागुआ
२२ वर्षीया ओल्गा रेयसले २००६ मा अस्पतालको वार्डमा घण्टौंसम्म पीडाले छटपटाई रहिन ्। उनलाई पहिले नै अस्पताल भर्ना गर्न अस्वीकार गरिएको थियो। त्यसपछि उनले निजी क्लिनिकबाट अल्ट्रासाउन्ड गराइन् जहाँ उनको फेलोपियन ट्युब चुँडिएको थाहा भयो । जसका कारण उनको ६ महिनाको गर्भको बच्चाको मृत्यु भयो । डाक्टरले पनि गर्भपतनमा प्रतिबन्ध कानुन लाग्ने डरले उपचारमा ढिलाइ गरे । शल्यक्रिया गर्दा ओल्गाको मृत्यु भइसकेको थियो ।

इसाबेला, पोल्याण्ड
आफ्नो मृत्युको अघिल्लो दिन, इसाबेलाले अस्पतालबाट आमालाई सन्देश पठाइन् ‘बच्चाको तौल ४८५ ग्राम छ। अहिलेको लागि, गर्भपतन कानूनको कारण, म ओछ्यानमा छट्पटाइ रहेको छु र तिनीहरूले केहि गर्न सक्दैनन्। तिनीहरूले बच्चाको मृत्यु पर्खनेछन्, किनभने पोल्याण्डले पनि गर्भपात गर्न अनुमति दिँदैन।’

३० वर्षीया इसाबेलाको सिलेसियाको एउटा सानो सहरमा ब्युटिपार्लर थियो । उनको इन्स्टाग्राम खातामा, उनी नियमित रूपमा नयाँ हेयरस्टाइलका तस्बिरहरू पोस्ट गर्थिन्। धेरैले उनको प्रशंसा पनि गरेका थिए । तर उनको पनि चिकित्सकको लापरवाहीका कारण मृत्यु भयो ।

यद्यपि डाक्टरहरूले कानुनी रूपमा गर्भपतन गर्न सक्थे, तिनीहरूले धेरै ढिलो नभएसम्म गर्भपतन नगर्ने उपाय गरे। अस्पताल विरुद्धको मुद्दामा इसाबेलाको परिवारको प्रतिनिधित्व गर्ने वकिल जोलान्टा बुड्जोस्का भन्छिन् ‘कानूनले उनीहरूलाई ढिला गर्न अनुमति दिएको छ। समयमै उपचार पाएको भए उनको ज्यान बच्न सक्थ्यो । राष्ट्रव्यापी विरोध पछि, इसाबेला उपचारका लागि भर्ना भएको अस्पताल पोलिश स्वास्थ्य सेवाले १ लाख २० हजार डलर जरिवाना तिरेको थियो।

मानुएला, एल साल्भाडोर
एल साल्भाडोरकी दुई सन्तानकी आमा मानुएलाले सन् २००८ मा गर्भवती हुँदा अस्पताल गएकी थिइन् । दुर्भाग्यवश, उनको गर्भपात भयो, तर उनको उपचार गर्नुको सट्टा, डाक्टरहरूले उनलाई पुलिस बोलाएर जिम्मा लगाए, केरकार गरे।

३३ वर्षीया मानुएला, जसको पूरा नाम कहिल्यै सार्वजनिक गरिएन । एल साल्भाडोरको कडा गर्भपतन विरोधी कानून अन्तर्गत उनलाई जघन्य हत्याको आरोप लगाइएको थियो र ३० वर्षको जेल सजाय सुनाइएको थियो। दुई वर्षपछि क्यान्सरबाट उनको मृत्यु भयो ।

मिल्ड्रेड, केन्या
मिल्ड्रेड केन्याको नाकुरु सहरको मन्यानी इस्टेटकी १६ वर्षीया किशोरी थिइन् । गत वर्षको गर्मीमा पेटमा अत्याधिक दुखाइ र बान्ताका कारण उनलाई नकुरु लेभल ५ अस्पतालमा भर्ना गरिएको थियो । उनको पीडाले छट्पटाउदा छट्पटाउदैं मृत्यु भयो । गर्भावस्थाको २० हप्तामा, उनले आफ्नो गर्भपात गर्न जडीबुटी र नुन प्रयोग गर्ने गरिन् , तर त्यसले उनको गर्भपात नभई मृत्यु भयो।

नोर्मा म्याकोर्वे, टेक्सास
विश्वले नोर्मा म्याकोर्वेलाई ‘न रो’ भनेर चिन्छन् । नोर्माले सन् १९६९ मा गर्भपतनलाई गैरकानूनी बनाउने राज्यको कानुनलाई चुनौती दिएकी थिइन्। यो मुद्दा अमेरिकी सर्वोच्च अदालतमा पुग्यो र उनीले जितिन् । ‘‘रो वर्सेस वेड’ को फैसलापछि अमेरिकामा करिब ५ करोड गर्भपतन कानुनी रूपमा भएको थियो ।

नोर्मा नोर्मा नेल्सनको जन्म २२ सेप्टेम्बर १९४७ मा मेरी र ओलिन नेल्सनको सन्तानकारूपमा भएको थियो। नोर्माका बुबा टेलिभिजन मेकानिक थिए। उनी १३ वर्षको हुँदा उनका आमाबाबुको सम्बन्धविच्छेद भयो । आमा मरियमले नोर्मा र उनको जेठो भाइ हुर्काइन् । यद्यपि उनकी आमामा रक्सीको लत थियो। जब उनी १० वर्षकी थिइन्, उनी आमा एक महिला साथीसँग पेट्रोल स्टेसनमा पैसा लुटेर ओक्लाहोमा शहरमा भागिन् । उनी पक्राउ गरी अदालतमा पेश गरियो ।

आमालाई जेल पठाए पनि नोर्मालाई न्यायाधीशले क्याथोलिक बोर्डिङ स्कूलमा पठाए। पछि उनलाई टेक्सासको गेनेसभिलको स्टेट स्कूल फर गर्ल्समा स्थानान्तरण गरियो। उनी ११ देखि १५ वर्षको उमेरसम्म त्यहाँ बसिन्। रिहा भएपछि नोर्मा आफ्नी आमाको काकासँग बस्न थालिन् । जहाँ तीन सातासम्म उनी हरेक रात आफ्नो भाइबाट बलात्कृत भइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार