उमेर पत्ता लगाउने इन्स्टाग्राममा नयाँ फिचर

विज्ञान प्रविधि

instagram

एजेन्सी । आफ्नो वास्तविक उमेर ढाँटेर इन्स्टाग्राममा खाता खोलेर सोसल मिडिया चलाउने किशोर किशोरीहरुलाई रोक्नका लागि इन्स्टाग्रामले नयाँ फिचर सुरु गरेको छ ।

किशोरावस्थाका प्रयोगकर्ताको उमेर प्रमाणिकरण गरी न्यूनतम उमेर सम्बन्धी प्लाटफर्मको नियम कार्यान्वयन गराउनका लागि इन्स्टाग्रामले भिडियो सेल्फी फिचरको परीक्षण सुरु गरेको छ । प्रयोगकर्ताको उमेर पत्ता लगाउनका लागि इन्स्टाग्रामले अनुहारको विश्लेषण गर्ने सफ्टवेयर सहितको भिडियो सेल्फी फिचर ल्याएको हो ।

आफ्नो वास्तविक उमेर ढाँटेर इन्स्टाग्राममा खाता खोलेर सोसल मिडिया चलाउने किशोर किशोरीहरुलाई रोक्नका लागि इन्स्टाग्रामले नयाँ फिचर सुरु गरेको छ ।

किशोरावस्थाका प्रयोगकर्ताको उमेर प्रमाणिकरण गरी न्यूनतम उमेर सम्बन्धी प्लाटफर्मको नियम कार्यान्वयन गराउनका लागि इन्स्टाग्रामले भिडियो सेल्फी फिचरको परीक्षण सुरु गरेको छ । प्रयोगकर्ताको उमेर पत्ता लगाउनका लागि इन्स्टाग्रामले अनुहारको विश्लेषण गर्ने सफ्टवेयर सहितको भिडियो सेल्फी फिचर ल्याएको हो ।

इन्स्टाग्रामले हाल अमेरिकामा मात्र यो फिचर सुरु गरेको छ । यो फिचर लागू भएसागै किशोर किशोरीहरुले इन्स्टाग्राममा आफ्नो उमेरसँग मिल्दा उपयुक्त सामाग्रीहरु हेर्न पाउनेछन् ।

इन्स्टाग्रामको प्लाटफर्ममा किशोरावस्था तथा बालबालिकाहरुको सुरक्षालाई लिएर आलोचना खेपिरहेको बेला इन्स्टाग्रामले उमेर प्रमाणिकरण गर्ने नयाँ फिचर सुरु गरेको हो ।

स्मरण रहोस् प्रयोगकर्ताको उमेर तथा पहिचान प्रमाणित गर्नका लागि भिडियो सेल्फी पछिल्लो समय अनलाइन बैंकिङ एप लगायतका डिजिटल प्लाटफर्महरुमा लोकप्रिय विधि बन्दै गएको छ ।

इन्स्टाग्रामले पनि अकाउन्ट लक भएको बेला आफ्नो पहिचान प्रमाणिकरण गरी अकाउन्ट फुकुवा गर्नका लागि भिडियो सेल्फी पेश गर्ने फिचर यसअघि नै सुरु गरिसकेको थियो । जुन अहिले किशोर किशोरीको उमेर प्रमाणिकरणका लागि समेत प्रयोग हुँदैछ । य

सका लागि इन्स्टाग्रामले मानिसको अनुहारको विश्लेषण गरेर उमेर पत्ता लगाउने प्रविधिको विकास गरेको बेलायती डिजिटल पहिचान प्रदायक कम्पनी योटीसँग सहकार्य गरेको छ ।

–बीबीसीबाट

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार