मार्च १, २०२२ : श्रीलंकाको कोहुवाला शहरमा छ जना युवाहरू हातमा मैनबत्ती र प्लेकार्ड लिएर आफ्नो घरबाट निश्कन्छन् । यी युवाहरू आईटी व्यवसायी थिए र उनीहरूको घरमा हरेक दिन १०–१० घण्टा बिजुली काटिन्थ्यो ।
१३ जुलाई २०२२ : शक्तिशाली राष्ट्रपति गोटाबाया राजापाक्षे देश छोडेर माल्दिभ्स भागेका छन् । आक्रोशित श्रीलंकालीहरूले कोलम्बोको प्रधानमन्त्री निवास कब्जा गरेका छन् । चार महिनामा तेस्रो पटक मुलुकमा संकटकाल लगाइएको छ ।
यस आलेखमा, हामी तपाईलाई बताउनेछौं कि श्रीलंकामो बिजुली कटौतीको बारेमा ६ युवाहरूले कसरी विरोध सुरु गरे, जसले राजापाक्षे परिवारलाई सत्ताबाट हटायो ?
यो जनक्रान्तिको पूर्ण कथा बुझ्नको लागि माथि उल्लेखित पहिलो कथामा फर्कौं…
वास्तवमा, ती ६ युवाहरूले १० घण्टाको विद्युत कटौतीले हैरान थिए, त्यसको कारण श्रीलंकाको आर्थिक दुर्दशा थियो ।
श्रीलंकाको विदेशी मुद्रा भण्डार लगभग खाली थियो । श्रीलंका औषधि, खाद्यवस्तु र इन्धनका लागि आयातमा निर्भर भएकाले अत्यावश्यक वस्तु आयात गर्न सकेको थिएन ।
जसका कारण जनताले दैनिक उपभोग्य वस्तु समेत पाउन सकेका थिएनन् वा धेरै गुणा महँगो भइरहेका थिए् । यति मात्र होइन, अनाज, चिनी, दूध, धुलो, तरकारीलगायत अत्यावश्यक वस्तुको अभाव भएको थियो ।
प्रारम्भिक प्रदर्शनमा सहभागी ६ जना युवा मध्येका एक विमुक्ति दुशान्तले श्रीलंकाली सञ्चारमाध्यमसँगको कुराकानीमा आन्दोलनको शुरुवातदेखि फैलिएसम्मको कथा सुनाए ।
‘सुरुमा प्लेकार्ड बोकेर सडकमा उभिँदा अरुले मजाक गरेर उडाउने गर्थे । आन्दोलनको पहिलो दिन हामी ६ जना मात्र थियौं तर दोस्रो दिन करिब ५० जना जम्मा भएका थियौं । देशमा डलरको अभाव थियो । देशमा विदेशी मुद्रा ल्याउने प्रमुख क्षेत्रहरु मध्ये एक आईटी क्षेत्र थियो । १०–१० घन्टा विद्युत् कटौतीका कारण सूचना प्रविधि क्षेत्रका मानिसहरु साह्रै मर्कामा परेका थिए ।
त्यसबेला हामीलाई थाहा भयो सरकार बढ्दो आर्थिक संकटसँग जुध्न असफल भइरहेको छ तर अर्को मुद्दा भनेको कुनै पनि प्रतिपक्षी दल जनताको पक्षमा उभिन सकिइ रहेको थिएन । त्यसबेला हामीले नागरिक भएर कसरी प्रतिरोध गर्ने भन्ने सोचेका थियौँ । किनभने सामान्यतया विरोध प्रदर्शनका काम राजनीतिक दलहरूले गर्दछन् ।
हामीले विभिन्न प्लेकोर्ड बोकेर सडकमा हिड्ने निर्णय ग¥याँै ं। दुई हप्तापछि राजधानी कोलम्बोका प्रमुख भागहरूमा शान्तिपूर्ण प्रदर्शनहरू भएका थिए । त्यसपछि केही दिनमै सयौं र हजारौं मानिसहरू आन्दोलनमा सामेल भए । दुई हप्ता पछि, यो एक जनआन्दोलन भयो र श्रीलंकाको राजधानी कोलम्बो र मिरिहाना र गालेमासमेत फैलियो ।
अब यस आन्दोलनको दोस्रो चरित्रलाई हेरौंैं–
श्रीलंकाको जनआन्दोलनमा अर्को चर्चित नामका रूपमा रहेका २८ वर्षीय बुद्ध प्रबोध करुणारत्नेले बिजुली संकटको विरोधबाट सुरु भएको विरोध कसरी श्रीलंकाको आर्थिक अवस्था विरुद्ध जनआन्दोलनमा परिणत भयो भनेर वर्णन गर्छन् ।
‘मैले सुरुमा फेसबुकमा केही घण्टाको विद्युत् कटौतीको विरोधमा आफ्नो र अरूको लागि पनि एउटा आन्दोलन गर्छु भनी पोस्ट गरेको थिएँ । मैले केहि घण्टा भित्रै धेरै प्रतिक्रिया पाएँ । भोलिपल्ट मैले कोलम्बोको विहार महादेवी पार्कमा विरोध प्रदर्शन गर्ने निर्णय गरें । करिब ५० जना आउँछन् भन्ने सोचेको थिएँ तर करिब ४०० जना त्यो प्रदर्शनमा सहभागि भए ।
मेरो नेतृत्व गर्ने मनसाय थिएन, तर मैले भाषण दिएँ । त्यसपछि नेलम पोकुनासम्म विरोध ¥याली निकालेर त्यहाँ विरोध ग¥यौं । भोलिपल्ट मिरिहानमा भएको विरोधको बारेमा थाहा पाएपछि हामीले त्यहाँ जाने निर्णय ग¥यौं ।
१. मिरिहानामा पहिलो पटक प्रहरी र प्रदर्शनकारी आमनेसामने भएका थिए
मार्च ३१ मा श्रीलंकाको राजधानी कोलम्बोको मिरिहानामा ठूलो विरोध प्रदर्शन भएको थियो, जसमा हजारौं मानिस सहभागि थिए । सो आन्दोलनमा प्रहरीले प्रदर्शनकारीलाई तितरबितर पार्न अश्रुग्यास प्रहार गरेको थियो ।
यस हिंसात्मक झडपमा धेरै प्रदर्शनकारी घाइते भएका थिए र धेरैलाई पक्राउ गरिएको थियो । प्रहरीले घटना कभर गर्न गएका ६ पत्रकारलाई समेत नियन्त्रणमा लिएको थियो । प्रहरीले केही पत्रकारलाई कुटपिट समेत गरेको थियो ।
२. जनप्रदर्शनमा चर्चित व्यक्तित्व र विपक्षी दलहरू पनि सामेल हुन थाले
चाँडै प्रसिद्ध व्यक्तिहरू पनि आम जनताको विरोधमा सामेल हुन थाले । श्रीलंकाको सबैभन्दा ठूलो विपक्षी पार्टी समगी जन बलवेगया अर्थात् एसजेबीका अध्यक्ष र पूर्व राष्ट्रपति आर प्रेमदासाका छोरा सजित प्रेमदासा मार्चको अन्त्यमा यो जनआन्दोलनमा सामेल भएका थिए ।
एसजेबी बाहेक, तमिल नेशनल एलायन्स, नेशनल पिपुल्स पावर, जनता विमुक्ति पेरामुना, फ्रन्टलाइन सोसलिस्ट पार्टी जस्ता पार्टीहरू पनि राजपक्षे सरकारको विरोधमा उत्रिए ।
३. जयसूर्या, संगकारा, रानातुंगा लगायत धेरै पूर्व क्रिकेटर पनि विरोधको मैदानमा उत्रिए
यति मात्र होइन, मिरिहानामा प्रदर्शनकारीमाथि प्रहरीले गरेको कारबाहीविरुद्ध धेरै पूर्व क्रिकेटरले आवाज उठाए र प्रदर्शनकारीलाई समर्थन गरे ।
जसमा अर्जुन रानातुंगा, कुमार संगकारा, मारवान अटापट्टु, रोशन महानामा, सनथ जयसूर्या र मुथैया मुरलीधरन जस्ता पूर्व क्रिकेटरहरू थिए । महानामा, जयसूर्या र अटापट्टुले पनि २ अप्रिलमा कोलम्बोमा भएको विरोध प्रदर्शनमा भाग लिएका थिए ।
४. राजापाक्षे सरकारले संकटकाल लगाए पनि आन्दोलनकारीलाई रोक्न सकेन
राजापाक्षे सरकारले यी प्रदर्शनहरूलाई शान्त पार्ने प्रयास ग¥यो । अप्रिल १ मा श्रीलंकामा संकटकाल लगाइएको थियो ।
२ अप्रिलमा, श्रीलंका सरकारले प्रदर्शनकारीहरूको सामना गर्न फेसबुक, व्हाट्सएप, ट्विटर, टेलिग्राम, इन्स्टाग्राम, टिकटक र स्न्यापच्याट लगायत सबै सामाजिक मिडिया प्लेटफर्महरू प्रतिबन्ध लगाए । तर, १५ घण्टापछि प्रतिबन्ध हटाउन सरकार वाध्य भयोे ।
तत्कालीन राष्ट्रपति गोटाबाया राजापाक्षे र उनका भाइ तथा प्रधानमन्त्री महिन्दा राजापाक्षे बाहेक श्रीलंकाको सम्पूर्ण मन्त्रिपरिषद्ले बढ्दो जनआक्रोशको बीचमा राजीनामा दिनुपरेको थियो ।
५ अप्रिलमा राजपाक्षेले सदनमा आफ्नो बहुमत गुमाएसँगै संकटकाल पनि हटाइयो । जनताको आक्रोश अन्त्य गर्न गोटबायाले विपक्षी दललाई सरकारमा सहभागी हुन आमन्त्रण गरे पनि आन्दोलन रोकिएन ।
५. आन्दोलनकारीको गढ बनेको गाले फेस, ८ आन्दोलनकारी मारिए
राजधानी कोलम्बोको ५ हेक्टर (लगभग ५.४ मिलियन स्क्वायर फिट) क्षेत्रफलमा फैलिएको लोकप्रिय पर्यटक गन्तव्य गाले फेस ग्रीन, अप्रिलमा राजापाक्षे सरकारविरुद्ध प्रदर्शनकारीहरूको अड्डा बन्यो ।
९ अप्रिलमा, प्रदर्शनकारीहरूले गाले फेस ग्रीन कब्जा गरे र त्यहाँ विरोध शिविरहरू स्थापना गरे । यी शिविरहरूमा खाद्यान्न, पानी, शौचालय र चिकित्सा सुविधाका साथै पुस्तकालय जस्ता सबै आधारभूत आवश्यकताको व्यवस्था गरिएको थियो ।
६. प्रदर्शनकारीले प्रधानमन्त्री निवास घेरे, महिन्द्रा राजापाक्षे परिवारसहित भागे
जेठमा दैनिक उपभोग्य वस्तु र पेट्रोल डिजेलको अभाव भएपछि आन्दोलन झनै उग्र बनेको थियो । राजापाक्षेले प्रदर्शनकारीहरूलाई हटाउने प्रयासमा त्यहाँ सेना पठाए ।
मे ९ मा, गाले फेस ग्रीनमा शान्तिपूर्ण प्रदर्शन गरिरहेका मानिसहरूलाई गोटाबायाको पार्टी श्रीलंका पोदुजाना पेरामुनाका समर्थकहरूले आक्रमण गरे । जसमा ९ प्रदर्शनकारीको मृत्यु भएको थियो भने १०० भन्दा बढी घाइते भएका थिए ।
यो हमलापछि देशभरका जनताको प्रदर्शनले हिंसात्मक रुप लियो । आक्रोशित प्रदर्शनकारीहरूले श्रीलंकाका धेरै राजनीतिज्ञहरूको घरमा आक्रमण गरे र उनीहरूलाई प्रदर्शनकारीको अड्डा बनाए । यसमा हम्बनटोटामा राजपक्षे परिवारको पैतृक घर पनि समावेश थियो ।
महिन्दा राजापाक्षेले मे ९ मा नै प्रधानमन्त्री पदबाट राजीनामा दिएका थिए । कोलम्बोमा प्रधानमन्त्रीको निवास टेम्पल ट्रीमा प्रदर्शनकारीले आक्रमण गरेका थिए । महिन्द्रा राजापाक्षेले आफ्नो ज्यान बचाउन आफ्नो परिवारसहित त्रिन्कोमाली नौसेना बेसमा शरण लिएका थिए ।
यसै क्रममा श्रीलंकामा मे ६ देखि २० मेसम्म पुनः संकटकाल लगाइयो तर यसले पनि प्रदर्शन रोक्न सकेन ।
७. राजापाक्षे परिवारको किल्ला ढल्योे, राष्ट्रपति गोटाबाया देश छाडेर भागे
राजापाक्षेलाई सत्ताच्युत गर्ने यो जनआन्दोलनको अन्तिम चरण जुलाईको पहिलो साताबाट सुरु भयो । जुलाई ९ मा सर्वसाधारणले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास आफ्नो कब्जामा लिएका थिए ।
राष्ट्रपति गोटाबाया आफ्नो निवासबाट भागिसकेका थिए । जुलाई १३ मा गोताबाया आफ्नो परिवारसहित देश छोडेर माल्दिभ्स भागेका थिए । सोही दिन श्रीलंकामा पुनः संकटकाल लगाइएको थियो ।
श्रीलंकाको आर्थिक संकटका लागि जिम्मेवार मानिने शक्तिशाली राजापाक्षे परिवारलाई सत्ताच्युत गर्ने श्रेय सर्वसाधारण जनताको आन्दोलनलाई जान्छ, जुन श्रीलंकाको इतिहासमा अद्वितीय छ ।