अमेरिकाले युक्रेन, इजरायल र ताइवानलाई दिने सहायता प्याकेज सिनेटबाट पनि पारित

अन्तराष्ट्रिय

काठमाडौँ, १२ वैशाख । अमेरिकी सिनेटले युक्रेन, इजरायल र ताइवानलाई ९५ अर्ब डलरको सहायता प्याकेज अनुमोदन गरेको छ । राष्ट्रपति जो बिडेनले बुधबार यो प्रस्तावमा हस्ताक्षर गर्ने बताइएको छ ।

यस प्याकेजमा युक्रेनका लागि ६१ अर्ब डलर छुट्याइएको छ । पेन्टागनले युद्धग्रस्त युक्रेनले केही दिनभित्रै यो सहयोग प्राप्त गर्न थाल्ने जनाएको छ । सिनेटमा यो प्याकेजको पक्षमा ७९ र विपक्षमा १८ मत परेको थियो ।

बाइडेनले प्याकेजको प्रशंसा गर्दै भने, यो प्रस्ताव महत्त्वपूर्ण छ र यसले हाम्रो देश र विश्वलाई पहिले भन्दा पहिले भन्दा सुरक्षित बनाउनेछ किनकि हामीले हमास जस्ता आतंककारी र पुटिन (रूसी राष्ट्रपति भ्लादिमिर पुटिन) जस्ता तानाशाहहरूसँग लड्ने हाम्रा साथीहरूलाई मद्दत गर्छौं । हामी बचाउन लडिरहेका छौं।ु

यस प्याकेजमा, इजरायललाई २६।४ बिलियन डलर सैन्य सहायता दिइएको छ, जसमा गाजामा मानवीय सहायताका लागि ९।१ बिलियन डलर छुट्याएको छ । त्यस्तै ताइवानलाई ८।१ बिलियन डलर दिने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार