मूल्यवृद्धिविरुद्ध बोल्दा मलाई ट्रोल बनाइयो : प्रदीप ज्ञवाली

Uncategorized

minister-for-foreign-affairs-pradeep-kumar-gyawali

काठमाडौं । एमाले सांसद प्रदीप ज्ञवालीले आफूले मूल्यवृद्धिविरुद्ध कुरा उठाउँदा आफूलाई ट्रोल बनाइएको बताएका छन् ।

बिहीबार प्रतिनिधिसभा बैठकमा उनले आफूले मूल्यवृद्धिको कुरा उठाउँदा अमेरिकामा खाना खाएको फोटोलाई ट्रोल बनाइएको बताए ।
‘मूल्यवृद्धिको कुरा गर्दा सत्तारुढ दलका कार्यकर्ताले ट्रोल बनाए,’ उनले भने, ‘यसले उहाँको भान्सा सस्तो हुन्छ भने मेरो शुभकामना ।’

खाद्यान्न, तरकारीमा ४० प्रतिशत मूल्यवृद्धि भएको र मुद्रास्फिति ९ प्रतिशत रहँदा सर्वसाधारण मर्कामा परेको भन्दै उनले मूल्यवृद्धि नियन्त्रण गर्न सरकारबाट कुनै काम नै नभएको बताए ।

मूल्यवृद्धि नियन्त्रणका लागि रुलिङ गर्न सभामुखसँग माग गरेका उनले भारतीय आयल निगमबाट पेट्रोलियम पदार्थको मूल्य घटेर आउँदा पनि सरकारले मूल्य नघटाएको बताए ।

सरकारले व्यापारी र व्यवसायीलाई कर छुटसहितको लाभ उपलब्ध गराउँदा बस्तुको मूल्य नघटेको भन्दै उनले उपभोक्ताको अधिकारमाथि आक्रमण भएको बताए । कृत्रिम अभाव, महंगी नियन्त्रण र बजार अनुगमन गर्न माग गर्दै उनले अविलम्ब श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न माग गरे ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार