चर्चामा ‘कृष्ण–लीला’को ‘ए मेरो हजुर . . .’ गीत (भिडियोसहित)

Uncategorized

kl_yeqorzrhwu

काठमाडौं । ३ भदौबाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म हो ‘कृष्ण–लीला’ । फिल्मले यतिबेला निकै चर्चा पाइरहेको छ । चर्चाको विषय बनेको छ गीत ‘ए मेरो हजुर।।’ । केही दिन अगाडि सार्वजनिक गीतले टिक टकदेखि सबैतिर प्रथामिकता पाएको छ । गीतको टिकटक मात्र चार लाख बढी निर्माण भएको निर्माण युनिटले जनाएको छ ।

रवि ओड र सुनीता कार्कीको स्वरमा रहेको गीतले टिकटकमा मात्रै होइन, युट्युवमा समेत दर्शक श्रोताका मन जितिरहेको छ । डा. डिआर उपाध्यायको शब्द रहेको गीतमा पुष्प खड्का र श्रद्धा क्षेत्रीको अभिनय छ । फिल्ममा पनि यी दुबै कलाकार मुख्य भुमिकामा छन् । बाबुल गिरीको संगीत, माइकल चन्दको कोरियोग्राफी, उत्सव दाहालको छायांकन र शिलन लम्सालले सम्पादन गरेकोे गीत ५२ सय मिटर माथिको तिलिचो ताल क्षेत्रमा खिचिएको हो ।

दीपक ओलीको निर्देशनमा बनेको ‘कृष्ण–लीला’ को प्रस्तुतकर्ता रोहित कट्टेल र कार्यकारी निर्माता रत्न श्रेष्ठ हुन । फिल्ममा पुष्प र श्रद्धाका अलवा बुद्धि तामाङ, रबिन्द्र झा, भावना गुरुङ, नवीन रेग्मी, हिउँवाला गौतम, आयुषा क्षेत्री तथा बालकलाकार आयुष गुरागाइँ मुख्य भूमिकामा छन् ।

कृष्ण जन्माष्टमीको दिनमा प्रदर्शन हुने फिल्मको निर्माता प्रकाशराज कार्की र केवल तामाङ हुन् । पिताम्बर आचार्य र रोजन श्रेष्ठ सह निर्माता रहेको फिल्मको लाइन प्रोड्युसरमा रमेश तामाङ छन् । वरिष्ट रंगपत्रकार लक्ष्मण सुवेदीद्धारा लिखित फिल्म पाँचथर, इलाम, झापाका रमणीय स्थलमा छायांकन गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार