आफ्नै पतिले हात खुट्टा बाँधेर अप्राकृतिक यौन सम्वन्ध राखेपछि . . .

रोचक समाचार

एजेन्सी । भारतको विहार राज्यको गाग्रेट गाउँकी एक महिलाले आफ्ना पतिमाथि गम्भीर आरोप लगाउँदै प्रहरीमा उजुरी दिएकी छन् । पत्नीको उजुरीका आधारमा प्रहरीले पतिलाई पक्राउ गरी मुद्दा दर्ता गरेको छ ।

जानकारीका अनुसार ती महिलाले प्रहरीलाई दिएको लिखित उजुरीमा आफू ३८ वर्षको भएको र विवाह गरेको करिब २० वर्ष भइसकेको बताएकी छन् । उनका पति मेकानिकको काम गर्छन् ।

शनिबार राति करिब दश बजे उनका पति घर आउनेबित्तिकै पहिले कुटपिट गरी सलले हात खुट्टा बाँधेका थिए । त्यसपछि उनका श्रीमानले लुगा च्यातेर जबरजस्ती यौन सम्पर्क गरेका थिए । ती पुरुषले सामान्य यौन सम्वन्ध राखेको मात्र नभई मलद्वार र मुखमैथुन पनि गराएको बताइएको छ ।

प्रहरीले पतिलाई पक्राउ गरी थप कारबाही अघि बढाएको छ । एसपी उना अर्जित सेनले घटनाको पुष्टि गर्नु भएको छ । महिलाको उजुरीका आधारमा पतिलाई पक्राउ गरी थप कारबाही अघि बढाइएको एसपी सेनले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार