भ्यालेन्टाइन डेमा गुलाबभन्दा धेरै विक्यो कण्डम !

रोचक समाचार

नयाँ दिल्ली,४ फागुन । भ्यालेन्टाइन डेमा फूलको बिक्री ह्वात्तै बढेको छ । सामान्य दिनको तुलनामा यस दिन फूलको मूल्य पनि निकै महँगो हुन्छ । तर तपाईलाई यो थाहा पाउँदा छक्क पर्नुहुनेछ कि यस पटक भ्यालेन्टाइन डेको अवसरमा फूलभन्दा पनि कण्डम बढी बिक्री भएको छ ।

फब्रुअरी ७ देखि १४ सम्म चलेको भ्यालेन्टाइन सप्ताहमा कण्डमको कीर्तिमानी बिक्री भएको छ । अहिलेसम्म भ्यालेन्टाइन वीकमा हरेक दिन अनुसार प्रेम गर्ने जोडीले एकअर्कालाई उपहार दिने गर्दथे । यसमा टेडी डे, चकलेट डे, प्रपोज डे र त्यसपछि भ्यालेन्टाइन डे मनाइन्छ । अहिलेसम्म भ्यालेन्टाइन वीकमा धेरै फूल बिक्री हुन्थ्यो ।

भ्यालेन्टाइन वीक सुरु हुनुअघि पसलले पनि विभिन्न किसिमका उपहार र फूल ल्याउँछन् । उपहार कार्डहरू पनि भ्यालेन्टाइन सप्ताहमा धेरै बिक्री हुन्थ्यो । तर यसपटक यी सबैको बिक्रीमा निकै पछि परेको छ । कण्डम बिक्रीको आँकडा देखेर तपाई छक्क पर्नुहुनेछ ।

अनलाइन सामान डेलिभरी कम्पनी ब्लिन्किटका संस्थापक अलबिन्दर ढिन्डसाका अनुसार भ्यालेन्टाइन डेमा कन्डम र मैनबत्ती दुवैको बिक्री बढेको छ । अन्य उत्पादनहरूमा पुरुषहरूको लागि सजावटका समान, महिलाहरूको लागि अत्तर, एकल गुलाब, गुच्छा र चकलेटहरू समावेश छन् ।

उनले ट्विटरमा एनालिटिक्सका केही रिपोर्टहरू पनि साझा गरेका छन् । एक रिपोर्ट अनुसार, ब्लिन्किटले १० हजार बढी गुलाब बेचेका थिए र बिहान १० बजेसम्म १ हजार २०० पुष्पगुच्छाहरू बेचेका थिए ।

सुपरमार्केट अपरेटर फूडस्टफ्ससँग उत्तर आइल्याण्ड र न्यूजील्याण्डमा ३३० पसल र २४ हजार फूड स्टलहरू छन् । फुडस्टफ्सको एक रिपोर्ट अनुसार यस वर्षको पूरै भ्यालेन्टाइन सप्ताहमा फूल र उपहारभन्दा कण्डमको माग बढी रह्यो ।

योसँगै व्यक्तिगत लुब्रिकेन्टको बिक्रीमा ६१ प्रतिशतले वृद्धि भएको छ । गत वर्ष अर्थात् २०२२ को तुलनामा भ्यालेन्टाइन सप्ताहमा २२ प्रतिशत कण्डमको बिक्री बढेको छ । ‘युएस नेशनल रिटेल फेडेरेसन’का अनुसार भ्यालेन्टाइन डेलाई लिएर युवाहरुमा निकै उत्साह रहेको छ ।

यौनसम्पर्कबाट हुने स्वास्थ्य तथा रोगबारे जनचेतना जगाउन हरेक वर्ष १३ फेब्रुअरीमा अन्तर्राष्ट्रिय कण्डम दिवस मनाइन्छ । यो दिन मनाउन ठूलो संख्यामा कण्डम किनिन्छ ।

पश्चिमी देशहरूमा कण्डम बनाउने कम्पनीहरूले यसको तयारी गर्छन् । भ्यालेनटाइन डे अगाडि धेरै प्रकारका अफर पनि बजारमा ल्याइन्छ ताकि उनीहरुलाई राम्रोसँग बेच्न सकियोस्् । रिपोर्टका अनुसार १४ फेब्रुअरीमा कण्डमको ठूलो बिक्री भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार