विश्वकै पहिलो एआई सुन्दरी प्रतियोगिता हुँदै

रोचक समाचार

एजेन्सी, १२ वैशाख । यसैबीच विश्व सुन्दरी प्रतियोगिता जस्तै अब विश्व एआई सुन्दरी प्रतियोगिता पनि हुने भएको छ । यो दुनियाको पहिलो सौन्दर्य प्रतियोगिता हुनेछ जसमा सर्वोत्कृष्ट एआई मोडेल तथा सेलिब्रटीलाई छानिनेछ।  World AI Creator Awards (WAICA)  कार्यक्रम अन्तरगत पहिलोपटक मिस एआई हुन लागेको हो ।

मिस एआईको वेबसाइटमा उपलब्ध जानकारी अनुसार एआई सुन्दरी प्रतियोगिताको विजेताले कूल १३ हजार डलर बराबरको पुरस्कार पाउनेछ ।

विश्वमा थुप्रै खालका सौन्दर्य प्रतियोगिता हुन्छन् । मानिसदेखि कुकुर र हात्तीसम्मका सौन्दर्य प्रतियोगिताका बारेमा हामीले सुनेकै छौँ । तर अब चाहीँ एआई सुन्दरी प्रतियोगिता पनि हुने भएको छ।

एआई अर्थात् आटिैफिसियल इन्टेलिजेन्स विस्तारै हाम्रो दैनिक जिवनको हिस्सा बन्दै गएको छ । केही अघिसम्म दुनियाका धेरै मानिसहरुलाई एआईका बारेमा थाहै थिएन । तर अहिले सोसल मिडियामा समेत एआईले कब्जा गर्दै गएको छ । सोसल मिडियामा समेत एआई सेलिब्रेटीको संख्या बढिरहेको छ।

जसमा ५ हजार डलर नगद पुरस्कार हुनेछ भने ८ हजार डलर बराबरको सदस्यता कार्यक्रम, प्रवद्र्धनात्मक प्याकेज तथा पिआर सपोर्ट जस्ता सेवा सुविधा रहनेछन्। त्यस्तै दोश्रो हुने एआईले ५ हजार डलर र तेश्रो हुनेले २ हजार पुरस्कार पाउनेछ।

प्रतियोगिताका लागि अप्रिल १४ बाट दर्ता सुरु भैसकेको छ । एआई मोडेल निर्माता तथा व्यवस्थापक जो कोहीले यो प्रतियोगिताका लागि नाम दर्ता गर्न सक्दछ। सुन्दरी प्रतियोगिताको ग्राण्ड फिनालेको मिति भने अझै तोकिएको छैन ।

प्रतियोगितामा सहभागी हुनका लागि एआई सर्जकको उमेर कम्तिमा १८ वर्षको हुनुपर्छ भने सोसल मिडियामा उसको उपस्थिति चाहिनेछ। यो कार्यक्रम महिला एआई मोडेल तथा सोसल मिडियाका सेलिब्रेटीमा बढि केन्द्रित छ ।

स्मरण रहोस् ओपन एआई DALL-E, Midjourney तथा  Copilot Designer  केही लोकप्रिय टूल छन्, जसको प्रयोग एआई अवतार तयार गर्नका लागि गरिन्छ । WAICA  को वेबसाइटका अनुसार यो प्रतियोगितामा भाग लिने एआई सर्जकलाई तीनवटा मापदण्डमा रहेर मूल्यांकन गरिनेछ ।

त्यसमा एआई अवतारको सुन्दरता, सन्तुलन तथा केही प्रश्नको जवाफका आधारमा विजेता तय गरिनेछ । यसका अलावा प्रतियोगितामा उक्त एआई मोडेललाई मन पराउनेको संख्या कति छ वा सोसल मिडियामा उसका फ्यान कति छन् भन्ने कुराको पनि गणना गरिनेछ ।

यो सूचीमा एआई मोडेलAitana Lopez सामेल छ, जसका फलोअरको संख्या ३ लाख भन्दा धेरै छ । त्यस्तै Emily Pellegrini का इन्स्टाग्राम फलोअर्स २ लाख ८० हजार भन्दा धेरै छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार