गुजरातमाथि रोयल च्यालेन्जर्स ४ विकेटले विजयी

Uncategorized

काठमाडौँ, २३ वैशाख । इण्डियन प्रिमियर लिग ९आइपिएल० अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलुरुले गुजरात टाइटन्सलाई पराजित गरेको छ ।

शनिबार राति सम्पन्न खेलमा रोयल च्यालेन्जर्सले गुजरातलाई ४ विकेटले पराजित गरेको हो ।

गुजरातले दिएको १४८ रनको लक्ष्य पछाएको रोयल च्यालेन्जर्सले १३।४ ओभरमा ६ विकेट गुमाएर लक्ष्य पुरा गरेको थियो ।

यस अघि गुजरातले टस हारेर पहिला ब्याटिंग गर्दै १९।३ ओभरमा अल आउट हुदै १४७ रन बनाएको थियो ।

यो जितपछि रोयल च्यालेन्जर्स बैंगलुरुको ११ खेलमा ४ जितसहित ८ अंक भएको छ र सातौं स्थानमा उक्लिएको छ । त्यस्तै गुजरातको भने यो सातौं हार हो । ११ खेलमा ८ अंक रहेको गुजरात नवौं स्थानमा झरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार